नेपाली कांग्रेसका नेता रुद्र गिरीले गरे जालपामा ४० जना जेष्ठनागरिकलाई सम्मान

 

दिनराज कार्की, खोटाङ÷नेपाली कांग्रेसका नेता तथा महाधिबेशन प्रतिनिधी तथा युवा नेता रुद्र गिरीले जालपामा विहिवार एक कार्यक्रम गरी जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपामा ४० जना जेष्ठ नागरिकलाई फलफुल वितरण गर्दै खादा ओढाएर सम्मान गरेका हुन् । जेष्ठ नागरिक सहित नेता गिरीले सातौँ जिल्ला अधिबेशन बाट क्षेत्रिय प्रतिनिधि छनोट भएका प्रतिनिधि लाई धन्यवाद तथा बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन्

अव आउने निर्वाचनमा युवा तथा क्षेत्रिय प्रतिनिधीको उल्लेखिनिय भुमिका रहेको बताउनु भयाे , युवा साथ सहयोग जेष्ठ नागरिकको अधिकारमा पहुँच पु¥याउन तथा जेष्ठ नागरिकको आफ्नो जीवनकालको संगालेका ज्ञान,सिप र अनुभव नयाँ पुस्तामा साटासाट गर्न गिरीले सो कार्यक्रम आयोजना गरेको बताए ।
अहिले पाच बर्ष भित्र स्थानिय सरकारले केहि प्रगति नदेखिएको पाचँ बर्ष जनताका समस्या जीउ तिहुँ रहेको अव आउने निवार्चनमा गाउँको विकास गर्ने गाउँका समस्या बुझेको नेताको खाचो रहेको बताउनु भयो ।
स्थानीय सरकाले शिक्षा ,स्वास्थ्य मा गाउँका समस्या जहाँ थिए र अहिले पनि त्यहि रहेको बताउनु भयो । आउँदै गरेको निर्वाचनमा सहि नेतृत्व चुन पनि वडा बासीलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका बाम्राङ वडा सभापति सुरेस  कार्कीले  अव आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने हामी जस्ता युवाको भुमिका पार्टी जिताउनको लागि उल्लेखनीय रहेको बताउनु भयो
कार्यक्रमा जालपका वडा उपसभापति रमेश तामाङ, जिल्ला कार्य समितिका सह सचिव सार्जन राई , जिल्ला कार्य समितिका सदस्या किसन भुजेल , हौचुरका वडा सभापति बिष्णु राम राई, जालपमा तरुण दल सभापति संजय गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगर सदस्य एलवि मगर , हरि गिरी लगायता नेता कार्यकताको उपस्थित रहेको थियो