नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा अनिल आचार्य निर्वाचित
खोटाङ, नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा अनिल आचार्य निर्वाचित भएका छन्। ‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ नाराका साथमा २१ फागुनदेखि २३ फागुनसम्म नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादी काठमाण्डौमा भएकोे ८ औं महाधिवेशनबाट आचार्य केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा आचार्यले २८१ मत ल्याएका थिए। पदाधिकारी तथा सदस्यहरु छनोटमा सर्वसहमत नहुंदा महाधिवेशन चुनावी प्रक्रियामा गएको थियो।चुनावी प्रक्रियामा आफूलाई लोकप्रिय मत प्राप्त भएको युनियनका नवनिर्वाचित केन्द्रीय सदस्य आचार्यले समायोजनखबरलाई बताए।
केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै निजामती सेवामा रहेको विकृती, विसंगतीहरुको न्युनिकरण गर्दै पेशागत हकहित तथा संरक्षण र युनियनको संस्थागत विकास तथा कर्मचारीहरुको संरक्षण एवं बृद्धि विकासका सम्बन्धमा सदैब जिम्मेवार रही संघीय निजामती सेवा ऐनमै उक्त व्यवस्था राख्न पहलकदमी गर्नेे आचार्यको भनाई छ।
जिल्लामा रहेका बौद्धिक वर्गहरुको संगठन नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला शाखाका अध्यक्ष आचार्य बहुआयमिक संरक्षण समाजको अध्यक्ष भएर समाजमा विशेष परिस्थितीले पछि पारिएका समुदायलाई लक्षित गरी जीविकोपार्जन उकास्न काम गरिरहेका छन्।
शान्ती तथा मानव अधिकार मञ्चको सदस्य रहेर द्धन्द्धकालले पीडित पारेकाहरुको समस्या समाधानका लागि पनि खटिरहेका आचार्य निजामति कर्मचारीको हकहितका लागि लड्दै आईरहेको आधिकारीक ट्रेड युनियन खोटाङका उपाध्यक्ष भई कर्मचारीहरुले पाउने सेवा सुविधाका लागि लड्दै आईरहेका छन्।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



