आमा

कविता

 

आमा आज एक्लो छु,
याद आउदै छ मलाई तिम्रो काख,
आमा आज भोको छु,
याद आउदै छ तिमीले बनाए को खाना,
कस्ले गर्थियो र आमा यहाँ तिमी जति माया
सबैले देखाउछन स्वार्थ पुरा भय पछि कालो छाया,
आमा तिम्रो ममताको आभाश गर्दैछु आज म,
राम्रो मा मेरो मेरो,
नराम्रो मा चिन्दिन भन्दा रैछन यहाँ त,
मेरो सानो सफलतामा पनि तिमी धेरै खुसि हुन्थेउ,
म मन मनै रुदा पनि तिमि सहजै सुन्थेउ,
आज म रुदा मनको पिडा बुजिदीने मान्छे कोइ छैन,
धेरै खोज्य तर आमा जति माया गर्ने मान्छे,
जीवनमा कोइ भयन,
आमा केवल एक नाम मात्र हैन,
आमा भन्दा शर्बश्रेष्ट यो संसारमा कोइ छैन,
आमा छैनन त हाम्रो जीवन को परी कल्पना नै छैन |

समिक्षा कार्की
जन्तेढुंगा गाउँपालिका ५ चिसापानी