कर्मचारीको सरुवामा नेपाल निजामती कर्मचारी युनियनको आपत्ती
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राजनैतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनले विरोध जनाएको छ । आसन्न ३० बैशाखमा हुने निर्वाचनलाई प्रभावित पार्ने मनसायका साथ राजनैतिक आस्थाको आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले प्रेस विज्ञाप्तिमार्फत विरोध जनाएको हो ।
निर्वाचनलाई सफल बनाउनका लागि आ–आफनो क्षेत्रबाट लागिरहेको र निर्वाचन आयोगले कर्मचारी विवरण माग गरेर अद्यावधिक गरिसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने आसयले नगरपालिकाले राजनैतिक आस्था र विचारको आधारमा रायसल्लाह निवेदन नलिइ निरंकुश शैलीमा कर्मचारीको मनोवल खच्किने तरिकाले सरुवा गरेको युनियनको बिहिबार जारी विज्ञाप्तिमा उल्लेख छ ।
नेपाल निजामती कर्मचारी युनियनका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका अध्यक्ष दिनेश राईले जारी गरेको विज्ञाप्तिमा कर्मचारीलाई उच्च मनोवल र निर्धक्क काम गर्ने वातावरण बनाई काम लगाउनुपर्नेमा कर्मचारीको मनोबल गिर्नेगरी गरिएको सरुवा तत्काल कार्यान्वयन नगर्न/नगराउन माग गरिएको छ ।
नगरपालिकाले १५ चैतमा कर्मचारीको सरुवा गरेको थियो । तर, अधिकांश नेपाल निजामती कर्मचारी युनियनमा आवद्ध कर्मचारीको मात्र विभेदपूर्ण सरुवा गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य अनिल आचार्यले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



