कांग्रेसको घोषणापत्र तयारी समितिमा अध्यक्ष राई मनोनीत

 

खोटाङ/नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा खोटाङको दिप्रुङ चुइचुईम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई मनोनीत हुनु भएको छ।

गत फागुन ३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समति’ गठन गरेको हो ।

प्रधानमन्त्री रहनु भएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र तयारी समितिमा सोमबार थप २७ जना मनोनीत गर्दा नेपाली कांग्रेस प्रदेश १ को महामन्त्री समेत रहनु भएको अध्यक्ष राई समितिको सदस्यमा आउनु भएको हो ।