दिप्रुङमा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सुरु
खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । “खेल खेलौ स्वस्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथमा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत मंगलबार बाट खुल्ला महिला/पुरुष भलिवल प्रतियोगिता सुरु भएको हो ।
छोरम्बु स्थित सापातेल खेलमैदानमा सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राईले एकसाथ उद्घाटन गर्नु भएको छ । प्रतियोगितामा पुरुषतर्फ १४ टिम एबंम् महिलातर्फ ६ टिमले सहभागिता जनाएका छन् ।
पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजार, दोश्रो हुनेले ८० हजार, तेश्रो हुनेले ४५ हजार, सान्त्वना हुनेले २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले ८० हजार, दोश्रो हुनेले ५५ हजार, तेश्रो हुनेले ३५ हजार, सान्त्वना हुनेले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



