दिप्रुङमा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सम्पन्न
खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा खुल्ला महिला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । “खेल खेलौ स्वस्थ्य रहौं, खेलको माध्यमद्धारा भाईचाराको विकास गरौं” भन्ने नाराका साथमा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत मंगलबार बाट खुल्ला महिला/पुरुष भलिवल प्रतियोगिता बिहिबार सम्पन्न भएको हो ।
छोरम्बु स्थित सापातेल खेलमैदानमा सुरु भएको प्रतियोगितामा पुरुष तर्फ पाथीभरा टाईम्स भलिबल क्लब झापा प्रथम, नेपाल तरुणदल दिप्रुङ चुईचुम्मा गाउँपालिका द्वितीय , प्रदेश नम्बर १ तृतीय स्थान हासिल गरेका छन् भने आयोजक गाउँपालिका सान्त्वना भएको छन् । त्यस्तै महिला तर्फ नेपाल तरुणदल दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रथम, उदयपुर स्पोर्टस क्लब द्वितीय, केपिलाशगढी गाउँपालिका तृतीय भएका छन् भने ऐसेलुखर्क गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ १४ टिम एबंम् महिलातर्फ ६ टिमले सहभागिता थियो ।
कर सहित पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजार, दोश्रो हुनेले ८० हजार, तेश्रो हुनेले ४५ हजार, सान्त्वना हुनेले २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले ८० हजार, दोश्रो हुनेले ५५ हजार, तेश्रो हुनेले ३५ हजार, सान्त्वना हुनेले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरुष तर्फ अनुशासित खेलाडीको उपाधि नेपाल तरुण दल दिप्रुङ चुइचुम्मा गा. पा. संजिब ग त्यस्तै महिला तर्फ उदयपुर स्पोर्टस् क्लबका खेलाडी अन्जु राई, सर्वोत्कृष्टको उपाधि महिला तर्फ नेपाल तरुण दल दि.च.गा.पा नेगिशा गौतम, पुरुष तर्फ पाथिभरा टाइगर्स क्लब, झापाका रोमन बस्नेतले प्राप्त गरेका छन् उनिहरुलाई जनही
शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु ५,०००कर सहित बाट सम्मानित भेका छन् । बिहोबार समापन खेल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना राई ज्यु, वडाध्यक्ष इन्द्र बहादुर बस्नेत लगायत अन्य गाउँपालिकाको जनप्रतिनिधिज्यु हरु मार्फत विजयी टिमलाई पुरस्कार वितरण गरि खेलको समापन गरिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



