खोटाङमा कृषि गणना शुरु, ६२ गणक र १७ जना सुपरीवेक्षक खटिए
खोटाङ । खोटाङमा कृषिगणना सुरु भएको छ । घर परिवारले गरेको कृषि कार्य, संस्थागत कृषि कार्य र वडागत सामुदायिक कृषि सम्बन्धि क्रियाकलापहरु समेट्नका लागि कृषिगणना सुरु भएको हो ।
जिल्ला कृषिगणना कार्यालयले बुधबार जिल्ला समन्वय समितिको सभाहलमा यहाँका कार्यालय प्रमुख तथा पत्रकारहरुसँग जिल्ला स्तरीय कृषिगणना सचेतना गोष्ठी गर्दै ६२ गणक र १७ जना सुपरीवेक्षक कृषि गणनाका लागि ६ बैशाखबाट फिल्डमा खटेको जानकारी दिएको छ । उनीहरुले १९ जेठसम्म कृषिगणना गर्नेछ ।
४५ दिनसम्म चल्ने कृषि गणनामा गणकहरुले कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मूख्य बालीहरुको उत्पादन र सिंचाईको विवरण लिइनेछ ।
कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाको बारेमा तथ्यांक संकलन तथा कृषि, वन, कृषि ऋण, बीमा, अनुदान, कृषिकार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुंच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयहरुमातथ्यांक संकलन गरिने जिल्ला कृषिगणना अधिकृत जीतबहादुर कोइरालाले बताए ।
कृषिगणनाले कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङकन गर्न आवश्यक पर्ने तथ्यांकको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरुलाई सघाउ पु¥याउने, देशव्यापी रुपमा कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरणहरु उपलब्ध गराउने, कृषिसम्बन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यहरुका सूचकहरुको लागि आवश्यक तथ्यांक उपलब्ध गराउनेछ । कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तय गर्ने तथा समग्र कृषि तथ्यांकको स्तर बढाउनेछ ।
नेपालमा २०१८ सालदेखि कृषिगणना थालिएको हो । प्रत्येक १०÷१० वर्षको अन्तरमा कृषिगणना सञ्चालन हुंदै आएको छ । २०७८ को कृषिगणनाले नेपालको इतिहासमा ६० वर्षको अवधि पूरा गर्नेछ । संघीय प्रणालीको यो पहिलो कृषिगणना हो । कृषिगणनालाई प्रभावकारी बनाउन सम्बन्धीत ठाउँमै पुगेर तथ्यांक लिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले बताए
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



