त्यागको नमुना बने धर्मराज
खोटाङ / यहि वैशाख ३० गत्ते हुने स्थानीय तहको निर्वाचनको लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट तीर्थराज भट्टराईको उम्मेद्वारी कायम भएको छ।
कांग्रेस प्रदेश समितिबाट धर्मराज पोखरेलले र भट्टराईले केन्द्रीय कार्य समितिबाट उम्मेद्वारको टिकट ल्याएका थिए। उनीहरु दुबैले मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा उम्मेद्वारी दर्ता गराएका थिए।
दुबै जनाले टिकट ल्याएपछि कांग्रेसभित्र विवाद चरम उत्कर्षमा पुगेको थियो। भट्टराईको नाम नगर कार्य समिति र जिल्ला कार्य समितिबाट सर्वसम्मतरुपमा प्रदेश कार्य समितिलाई सिफारिस गरिएको थियो।
यद्यपि, प्रदेशबाट टिकट पोख्रेलले ल्याएपछि भट्टराईले केन्द्रबाट सभापति शेर बहादुर देउवाको सिधा सिफारिसमा टिकट ल्याएका थिए। त्यसपछि कांग्रेस खोटाङमा तनाव सृजना भएको थियो।
बुधबार साँझ विपि स्मृति भवन दिक्तेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै पोख्रेलले भट्टराईलाई साथ दिएका हुन्। पत्रकार सम्मेलनमा पोख्रेलले भनेका छन्, म कांग्रेसको सिपाही हुँ तीर्थजी पनि कांग्रेसको सिपाही हो, त्यसैले म भनेकै तीर्थजी हो। मैले यो नगरको मेयरको उम्मेद्वार तीर्थलाई छोडिदिएँ। अब कांग्रेसलाई जिताउन कम्बर कसेर लाग्छु।’ पोख्रेलले विज्ञप्ती पनि जारी गरेका छन्। विज्ञप्तीमा भनेका छन्, ‘प्रतिगमनको विरुद्वमा हामी मात्र नभएर गठबन्धन आवद्व दलहरुसँग एकताबद्व भएर अगाडि बढ्नुपर्ने दायीत्व हाम्रो काँधमा छ। यसको लागि हामी गम्भीर हुनुपर्छ नै।’
२०७९ बैशाख १२ गत्ते नेपाली कांग्रेसको तर्फवाट प्रदेश कार्यसमितिले मेरो नाममा टिकट दिने निर्णय गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदमा मैले उमेद्ववारी दर्ता गरेको थिए। मसँगै पार्टीकै तर्फवाट भन्दै अर्का मित्र तिर्थराज भट्टराईको पनि उमेद्वारी दर्ता भएको परिस्थिति छ। एउटा पार्टीको तर्फवाट दुई–दुई जनाको उमेद्वारीले नगरवासी दाजुभाई दिदी बहिनी र नेपाली कांग्रेसका नेता कार्यकर्तामा समेत चिन्ता र अन्योलता छाएको छ। यो अन्योलता र चिन्ता प्रति म बेखवर अनि गैर जिम्मेवार बन्न सकिन । हामी आपसमा लड्नु भन्दा लोकतन्त्र र विकास विरोधी शक्तिहरुसँग लड्नु छ। उनले विज्ञप्तीमार्फत भनेका छन्।
उनले विज्ञप्तीमा लेखेका छन्, ‘हामी पार्टीका जिल्ला सभापति, पुर्व सभापति, पुर्व मन्त्री, केन्द्रीय सदस्यसँगै नगर प्रमुखको आकांक्षी रोजन राई, भीषण राई, कुमार पुरी लगायतका नेताहरुसँग गहन छलफल र उहाँहरुको आग्रह पश्चात मैले मेरो उमेद्वारी फिर्ता लिने निर्णय गरेको छु। म आफु मेयर भएर यो नगरको समृद्विको लागि धेरै सपना देखेको थिए। शिक्षा र स्वास्थ्यमा केही नविन सोच थियो। पर्यटन, खानेपानी, कृषि, सडक र सिंचाईमा मैले केही योजना बनाएको थिए। यि मेरा सपना र योजना तिर्थराज भट्टराईजी मार्फत पुरा हुनेछ भन्ने बिश्वास पनि लिएको छु।’ ‘म जस्ता अन्याय र पीडामा पर्नु भएको धेरै साथीहरु हुनुहुन्छ। तपाईहरुसँग पनि म विनम्र अनुरोध गर्दछु कि अबको समय आक्रोश पीडालाई थाती राखी हामी कोही कसैले आवेग नपोखौं।
यस नगर वाहेक पनि अन्य पालिका र वडाहरुमा स्वतन्त्र उमेद्वार बन्नु हुने सबै नेता कार्यकर्ता साथीहरुलाई पनि आफ्नो उमेद्वारी फिर्ता लिएर पार्टीलाई सहयोग गर्नुहुन अपिल गर्दछु। उनले भनेका छन्।
‘तपाई हामीलाई परेको केही पीडा अन्याय छ भने निर्वाचन पछि हामी बसेर छलफल गर्ने नै छौ। म सबै तहका नेपाली कांग्रेसका नेता शुभचिन्तकहरुलाई यही अनुरोध गर्दछु।’ उनले विज्ञप्तीमार्फत भनेका छन्।
पोख्रेलले देखाएको त्यागको उच्च मुल्याकंन हुने कांग्रेसका शिर्ष नेताहरुले बताएका छन्। उनीहरुले पोख्रेललाई गणेशमान सिंहको जस्तो त्यागी नेता भएको बताएका छन्। यस नगरपालिकामा कांग्रेसबाट मेयर र नेकपा माओवादी केन्द्रबाट उपमेयर चुनावी मैदानमा छन्।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



