खोटाङ : कान्छो गाउँपालिका अध्यक्षका उम्मेदवार बने नइन्द्र राई
खोटाङ, खोटाङमा सबैभन्दा कान्छो उमेरका नइन्द्र राईले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन्। ३१ वर्षीय राईले कांग्रेसबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दर्ता गराएका राई बि.स. २०४८ मंसिर १३ गते साविकको याम्खाको कोटगाउँमा जन्मिएका हुन्।
महेन्द्रोदय मावि याम्खाबाट औपचारिक शिक्षा सुरु गरेर त्यहीबाट प्रवेशिका परीक्षा एसएलसी उतिर्ण गरेका उनले दिक्तेल बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाण पत्र तह उतिर्ण गरी महेन्द्र मोरङ क्याम्पसबाट ब्याचलर सकेका हुन्।
दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गर्दैगर्दा कांग्रेस निकट नेविसंघको राजनीतिमा आवद्ध रहेका उनले महेन्द्र मोरङ क्याम्पसबाट नेविसंघको औपचारिक निर्णायक राजनीति सुरुवात गरे। मेरो पारिवारीक पृष्ठभूमि नै कांग्रेस हो। म पनि नेविसंघ हुंदै कांग्रेसको राजनीतिमा छिरेको हुं। उनले भने।
नेविसंघको औपचारिक राजनीति सुरुवात गरेपछि उनी खोटाङ–मोरङ सम्पर्क विधार्थी समाजको अध्यक्ष, नेविसंघको केन्द्रीय प्रतिनिधि र महेन्द्र मोरङ क्याम्पसमा स्ववियु सभापतिका लागि अगाडी बढाईएको ब्यक्ति हुन् । तर, स्ववियु निर्वाचन भएन।
विधार्थीको हकहितमा गरिएको विधार्थी आन्दोलनमा विराटनगरमा धेरै पटक उनी प्रहरी हिरासतमा समेत बसेका छन्। अन्याय र अत्याचारको विरुद्धमा जोसुकै विरुद्ध, जुनसकै बेलामा आवाज उठाउदै यहाँसम्म आईपुगेको उनको भनाई छ।
सामाजिक क्षेत्रमा क्रियाशिल उनी युवा समाज याम्खाको उपाध्यक्ष भई समाज परिवर्तनका लागि महत्वपूर्ण काम गरेका छन्। मिडियामा आउनु भन्दा काममा फोकस गर्ने स्वभावको मान्छे हुं। राईले भने, ‘अग्रजका आशा, युवाको भरोसा भनेर गाउँघरमा मेरो अत्यन्तै लोकप्रियता छ।’
पार्टीले मुल्याङकन गरेर गाउँपालिका अध्यक्षको टिकट दिएको छ। राईले भने, ‘अब चुनाव जिताएर देखाउनुछ। अहिले चुनावी माहोलमा होमिएको छु ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



