खोटाङ : ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी
बैसाख । खोटाङका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि १ हजार ३३० जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि १ हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो ।
१० जना अध्यक्ष÷प्रमुखका लागि ४६ जना र १० उपाध्यक्ष/उपप्रमुखका लागि ३६ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी लोकेन्द्र राईले बताए ।
७९ वडाध्यक्षका लागि २९५ जनाको उम्मेद्वारी परेको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४९७ जना, ७९ जना महिला वडा सदस्यका लागि २३४ र ७९ जना दलित महिला सदस्यका लागि २२२ जनाको मनोनयन दर्ता भएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



