खोटाङको केपिलासगढीमा एमालेका १२१ जना पार्टी छोडेर लागे कांग्रेसका उम्मेद्वार जिताउन

खोटाङ, वैशाख १७- खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर १– फेदीमा नेकपा एमाले परित्याग गरि १२१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेसका उम्मेद्वारलाई जिताउन भन्दै उनीहरु एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन्। केपिलासगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट प्रमुखका उम्मेद्वार समिर राई र उपप्रमुखका उम्मेद्वार राधा गिरी (राई)लाई जिताउन भन्दै उनीहरु एमाले छोडेर कांग्रेसमा प्रवेश गरेको बताइएको छ।

२०७४ सालको स्थानीय निर्वाचनमा सो गाउँपालिकामा नेकपा एमालेले जितेको थियो।

तर, एमालेको स्थानीय सरकारले गाउँपालिकाको समग्र विकासका निम्ति काम गर्न नसकेको भन्दै कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन्।

केपिलासगढी गाउँपालिका वडा नम्बर १– फेदी नेकपा एमालेको गढकोरुपमा रहेको थियो। सो गढ भत्किइएको जनाइएको छ।