रवि प्रकाशले गरे  साकेला समृद्ध गाउँपालिकाकाे एजेन्डा

साकेला गाउँपालिकाको अध्यक्ष उमेदवार नेपाली कांग्रेसका रबि प्रकासले आफ्नो गाउँपालिका समृद्व बनाउनको लागि १४ वटा एजेन्डा सार्बजनिक गरेका छन् ।
यी हुन मुख्य एजेन्डा गरिब,दलित अल्पसंख्यक तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति,साकेला ज्ञान केन्द्रको स्थापना तथा संचालन,प्रबृद्विमैत्री डिजिटल गाउँपालिका तथा सन्तुलित बिकासको गाउँ,स्वच्छ खानेपानी सुलभ बिजुली तथा ब्यबस्थित संचार  सेवा,आबधिकरुपमा सार्बजनिक सुनिवाई तथा नागरिक परिक्षण, ब्यबस्थित यातायात सिचाई तथा पुर्वधार बिकास,युबा तथा महिलाहरुको लागि शसक्तिकरण अभिमुखी साथै प्रशिक्षण कार्यक्रम, हरेक नागरिकको स्वास्थ्य बिमा साथै दिर्गरोगिहरुको निशुल्क स्वास्थ्य परिक्षण, गुणस्तरीय शिक्षा सर्बसुलभ स्वास्थ्यको ग्यारेन्टी,सुरक्षित प्रजनन स्वास्थ्य मातृत्व तथा बाल बिकास ,साकेला सास्कृतिक गाउँ निर्माण ,युबाहरुलाई ब्यबसायिक सीप तालिम प्रदान गरि क्षमता अनुसारको रोजगारिको सुनिश्चितता , कृषिमा आधुनिकरण गरि खाद्यान्नमा आत्मानिर्भर तथा तरकारी फलफूल निर्यात गर्ने गाउँ निर्माण,बैज्ञानिक तबरले बन बाताबरण र बिपत ब्याबस्थापन मुख्य प्रतिबद्धता हरू  रहेको छन् ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रविप्रकाश राई  २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका थिए। गत निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्यको दाबेदार थिए।
किन केन्द्र छोडेर गाउँमा आए? “आफ्नो भिजन कार्यान्वयनका लागि प्रधानमन्त्री, प्रदेशको मुख्य मन्त्री या स्थानीय सरकारको प्रमुख नै हुनुपर्ने रहेछ। प्रदेश वा संघको सांसद भएर मात्र नहुने रहेछ,” राई भन्छन्, “आफ्नो भिजन अनुसार काम गर्न गाउँपालिकामा उम्मेदवार बनेको हुँ।”

स्थानीय सरकार बलियो भए मात्रै लोकतन्त्र बलियो हुने उनको भनाइ छ। त्यसका लागि पनि उदाहरण बनेर देखाउन चुनाव लडिरहेको उनी बताउँछन्।स्थानीय सरकार बलियो भए मात्रै लोकतन्त्र बलियो हुने उनको भनाइ छ। त्यसका लागि पनि उदाहरण बनेर देखाउन चुनाव लडिरहेको उनी बताउँछन्।