नईन्द्र राईले गरे दिप्रुङ चुइचुम्मा समृद्ध गाउँपालिकोको एजेन्डा

खोटाङ , दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष उमेदवार नेपाली कांग्रेसका नईन्द्र राईले आफ्नो गाउँपालिका समृद्ध बनाउँन लागि प्रतिबद्धता सार्वजनिक गरेका छन्
भष्टचार मुक्त समाज समृद्ध गाउँपालिका निमार्ण गर्ने।
कृषि प्रणाली आमुल सुधार गर्ने स्थानीय सम्भावनाका आधारमा एक घर एक कृषि व्यवसाय सञ्चाल गर्ने आर्थिक सहयोगको व्यवस्थापन गर्ने स्थानीय जलश्रोत आधारित सिंचाई प्रणाली व्यवस्थामा ध्यान पु¥याईनेछ । पानीका मुहान संरक्षण लागि पोखरी निमार्ण अभियान सञ्चालन हुनेछन् ।
स्थानीय स्रोत साधान आधारित साना उद्योग धन्दा, उत्पादन र बजार व्यवस्थापन प्रोत्साहन कार्यक्रम लागु गर्ने ।
गाउँपालिकाको पायक स्थानमा १५ बेडको अस्पताल निमार्ण गर्ने र सबै स्वाथ्यचौकिलाई आवश्यक मापदण्ड अनुसार साधन स्रोत व्यवस्थापन गरि जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने जेष्ठ नागरिक र अपाङ्, अशक्त नागरिकलाई निःशुलक स्वाथ्य सेवा उपलब्ध गराईनेछ ।
एकिकृत बस्ती विकास लागि पञ्चमीदेखि छितापोखरी बजार , ओख्रे र स्यालगौडे हुँदै लहरे पयौ सम्मको भेगलाई बिशेष प्रोत्साहन गर्ने
छितापोखरी टेम्मा हुँदै तावा दोभान सम्मको हुलाकी मार्गलाई आधार मानी सडक जोडने र तावा दोभानमा मोटरेबल पुल निमार्ण गर्ने
सरकारी कार्यालयलाई प्रदान गरिने जनताका सेवा सुविधालाई चुस्त, दुरुस्त, पारदर्शी र छरितो बनाईनेछ आफ्नो प्रतिबद्धता जाहेर गरेका छन्
समाजमा हुने कुरीती बिकृती अन्या अत्याचार अनियमितता भष्ट्रचार बिरुद्धमा जुनसुकै बेलामा चर्को आवाज उठाउँदै आएका राई सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् सस्तो लोकप्रियता लागि मिडिया आउँन नरुचाउने अनावश्यक प्रचार बाजि, गर्न मन नपराउने स्वभावका राई आम युवाहरुको लोकप्रिय छन् भनी अग्रज र बुढा पाका पुस्ताले भरोसा राखेका जन प्रिय उदयमान युवा नेता हुन्
। सामाजिक क्षेत्रमा क्रियाशिल उनी युवा समाज याम्खाको उपाध्यक्ष भई समाज परिवर्तनका लागि महत्वपुर्ण काम गरेका छन् पार्टीले मुल्याङकन गरेर गाउँपालिकाको अध्यक्षको टिकट दिएको राई भने, अव चुनाव जिताएर देखाउनुछ अहिले चुनावी माहोलमा होमिएको छु ,दिप्रङ चुइचुम्मा गाउँपालिका समृद्ध गाउँपालिका बनाउने अभियानमा रहेको राईले बताए । खोटाङ जिल्लाको कान्छो गाउँपालिका अध्यक्षका उम्मेदवार हुन्