समृद्व नगर बनाउने दिक्तेल गठबन्धनको प्रतिबद्धता
खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका गठबन्धन उमेदवारले चुनाबी प्रतिबद्धता सार्बजनिक गरेको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्बाचनको लागि नेपाली कांग्रेसको मेयर तिर्थराज भट्टराई र नेकपा माओबादि केन्द्रका उपमेयर बिसन राई सहित ४ गठबन्धन बाट संयुक्त रुपमा प्रतिबद्धता निकालेको हो ।
यी हुन् तेर्ह्र प्रतिबद्धता
१,नगरपालिका भित्र कुनै पनि प्रकारको भ्रष्टाचार गर्ने छैन र कसैलाई भ्रष्टाचार गर्न दिईने छैन् ।
२,ब्यक्तिगत लाभ प्रेरित कुनै पनि काम गर्ने छैन् र कसैलाई गर्न छुट दिईने छैन् ।
३,नगरपालिकाको स्रोत साधनको दुरुपयोग गर्ने छैन् र हुन दिईने छैन् ।
४,पार्टी तथा गठबन्धनमा रहेका दलहरुसँगको समन्वय र नागरिकको हित बिपरित स्वेच्छाचारी ढंगले आयोजनाहरुको छनोट तथा बजेट बिनियोजन गरिने छैन् ।
५, ७५ बर्ष माथिका वृद्धबृद्वा, अशक्त र अपांग नागरिकलाई नगरपालिकाको सेवा लिन आउँदा नि:शुल्क सेवा उपलब्ध गराईने छ ।
६,बालशीक्षा सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारी (लेखापाल कार्यालय सहयोगि)लाई संघिय सरकारले तोकेको थप तलब उपलब्ध गराईने छ ।
७,कृषि सहकारी, कृषि फार्म र कृषि समूह मार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकरण गरि नगरलाई कृषिमा आत्मनिर्भर बनाईनेछ । कृषि बाली र पशुको बिमा निल्शुक गरिने छ ।
८,स्वास्थ्य बिमा नगरेका बिपन्न नागरिकहरुको बिमा नि:शुल्क गरिनेछ र महिला स्वास्थ्य स्वेयमसेविका हरुलाई प्रोत्साहन भत्ता स्वरुप मासिक रु: ३००० रुपैयाँ उपलब्ध गराईनेछ ।
९,विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड अनुसार १ घर १ धाराको सुबिधा उपलब्ध गराईनेछ ।
१०, युवाहरुलाई उद्यमशिलतामा जोड्न स्थानीय कर्चा पदार्थको उपयोग गरि साना तथा मझौला उद्योगको स्थापना गरि ५ बर्ष भित्र प्रत्यक वडामा १०० जनलाई स्वरोजगार बनाईनेछ ।
११, नगरभित्र रहेका माद्यमिक बिद्यालयमा खेल प्रशिक्षक नियुक्त गरि नियमित खेल प्रशिक्षण गराईनेछ ।
१२, लैङ्िगक उत्तरदायी बजेट कुल पुजिगत बजेटको १० प्रतिशत बिनियोजन गरि महिला शशक्तिकरणको काम गरिनेछ साथै हिंसापिडित बालबालिका र महिलाको लागि पुनःस्थापना केन्द्र स्थापना गरिनेछ ।
१३, विभेद रहित छुवाछूत मुक्त नगर घोषणा गरिनेछ दलित समुदायहरुले परम्परागत रुपमा गर्दै आएका पेशा र ब्यबसायलाई आधुनिकरण गर्न अनुदानको ब्यबस्था गरिनेछ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



