हलेसीमा एमाले, माओवादी र एसको गुपचुप गठबन्धन
खोटाङ/ हाल सरकारमा रहेका पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेसँगै देशका अधिकांश ठाउँमा गठबन्धन निर्माण भएको छ । कतै गठबन्धन कायम गरिएको छ भने कतै स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।
तर नेकपा एमालेसँग गठबन्धन गर्न नपाइने भन्दै पाँच दलले निर्णय नै गरेपनि यता खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग गुपचुप गठबन्धन गरेको खुलेको छ ।
एमाले र माओवादीले नगर प्रमुख र उप–प्रमुखमा छुट्टै उम्मेद्वार दिएपनि एमालेका प्रमुख र माओवादीका उप–प्रमुखलाई मात्र भोट मागिएको एक स्रोतले बताएको छ ।
एमालेको तर्फबाट नगर प्रमुखमा खडेन्द्र साम्पाङ राई र उप–प्रमुखमा तुलसा बुढाथोकी, माओवादीको प्रमुखमा रुषिका राई र उप–प्रमुखमा अमेम्बर राईको उम्मेद्वार छ । तर यी दुई दल र एकीकृत समाजवादीले मिलेर एमालका प्रमुख र माओवादीका उप–प्रमुखमा मात्र भोट मागेको खुलेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका एक नेताले नाम नबताउने सर्तमा उनिहरुको गुपचुप गठबन्धन भएको खुलाएका छन् । केही नागरिकमाझ बुज्दा पनि एमालेको प्रमुखलाई मात्र र माओवादीका उप–प्रुखलाई मात्र भोट मागिएको बताएका छन् ।
माओवादीका अमेम्बर राईलाई नगर प्रमुखमा उम्मेद्वार बनाउने पार्टीले निर्णय गरेपनि मनोनय दर्ता गर्दा उहाँको नाम उप–प्रमुखमा दर्ता हुँदा कतै एमालेसँग तालमेल गर्न लागिएको त हैन भनेर आशंका गरिएको थियो । सो आशंका अहिले बास्तविकतामा परिणत भएको छ ।
गोप्य स्रोतको भनाइ अनुसार नगरपालिकाको ११ वटै वडामा पनि गठबन्धन यी तीन दलले गठबन्धन गरेका छन् । २, ३, ९, १० र ११ नम्बर वडामा एमालेका उम्मेद्वारलाई विजयी गराउनेगरी भोट मागिएको छ । यस्तै १, ५, ६ र ७ नम्बर वडामा माओवादी र ४ नम्बर वडामा एकीकृत समाजवादीका उम्मेद्वारलाई मात्र भोट मागिएको छ । वडा नम्बर ८ मा भने एमाले, माओवादी र जनता समाजवादी पार्टी बीच गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराइएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



