आचारसंहिता बिपरीत खाल्लेमा पाइप बितरण नियन्त्रणमा

खोटाङ–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्लेमा निर्वाचन आचार संहिता बिपरित नेकपा एमालेले पाईप बितरण नियन्त्रण गरेको छ । मंगलबार बिहान एमालेको उम्मेद्धारहरुको मातहतमा खानेपानी पाईप बितरण गरेको स्थानी बासीले बताएका छन् पाईप बितरण गरेको सूचनाको आधारमा खानिडाँडा प्रहरी चौकीले पाईप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ नगरपालिकाको कार्यक्रम अनुसार पाईप बितरण गरिएको खाल्लेका वडा सचिव पवन श्रेष्ठले बताए । निर्वाचनको समयमा बितरण गर्न नमिल्ने भएको कारण प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङ सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए ।
नगरपालिका ९ निर्मलीडाँडामा रातको समयमा त्रिपाल र चाउचाउ टयाक्टरमा बितरण लागि लगिएको भन्दै त्यँहाका स्थानीय बासीले टयाक्टर नियन्त्रमा लिएर प्रहरीलाई बुझाएका बताएका छन्् । टयाक्टर अहिले जिल्ला प्रहरी कार्यालको नियन्त्रणमा रह्को छ । गठबन्धनका उम्मेद्धारहरुले प्रहरी कार्यलमा ल्याएर छानबिनको माग समेत गरेका छन्
सामान बोकेर निर्मलीडाँडा पुगेको टयाक्टर नम्बर प्लेट समेत फरक रहेको छ टयाक्टरकोृ ईन्जीन को २ त ९३५४ नम्बर भने पिछाडी प्र २–०३–००१ त ४६६२ नम्बर रहेको छ ।