हामीले जितिसकेको अवस्था छ भट्टराई
खोटाङ, ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोटाङको सदरमुकाममा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन र एमालेको चुनावी प्रतिष्पर्धा हुदैछ। यतिबेला गठबन्धन र एमाले चुनावी घरदैलो र सभाहरु गरिरहेका छन्।
चुनावी सभामा व्यस्त रहेका गठबन्धनबाट मेयरका प्रत्यासी तिर्थराज भट्टराईसँग समायोजन खबर डटकमले निर्वाचन केन्द्रीत गरेको कुराकानी सम्पादित अंश।
भोट माग्नमा ब्यस्त हुनुहुन्छ, के भन्छन् जनता रु
जनताहरुले हामीलाई अत्यन्तै माया प्रेम र सदभाव राख्नुभएको छ। उहाँहरुले हामीसँग धेरै अपेक्षा पनि राख्नु भएको छ। यसभन्दा अघिको स्थानीय सरकारले अत्याधिक भ्रष्टाचार गरेको, पारदर्शी कार्यक्रम नगरेको कारणले हामीसँग जनताले अपेक्षा गर्दछन्।यस्तै अपेक्षा गर्नुको अर्को कारण छ जनप्रतिनिधिको जीवनशैली, खानपान त्यो सबै देखेर यीनीहरुबाट समाजमा परीवर्तन हुनसक्छ, नगरको विकास हुनसक्छ, नगरलाई विकासतर्फ उन्मुख गराउन सकिन्छ भनेर जनताले हामीसँग अपेक्षा गर्नुभएको छ।
हामीलाई जनताले प्रेम पनि गर्नुभएको छ, सदभाव पनि राख्नुभएको छ। र, हामीले चाँहि जनताको मनमनमा पसेर जनताले अपेक्षा गर्नुभएको कुराहरुलाई पूरा गर्ने प्रयत्न गरिरहेका छौ। जनताले माया, प्रेम, सदभाव, आर्शिवाद दिईरहनु भएको छ।
गठबन्धनले मेयररउपमेयर जिताउँछरजित्नु हुन्छ रु
मेयर, उपमेयर जिताउने त निश्चित भईसक्यो । २०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा पनि मेयर उपमेयर जितिसकेको अवस्था छ घोषण गर्न मात्रै बाँकी छ । यो मेरो र बिसन जीको मात्रै कुरा हैन आम बुद्धिजीवि सरोकारवालाको कुरा हो। नजिताउने कुरै छैन।
उपमेयर बिसन जीको भन्दा तीर्थ भट्टराईको एक भोट कम आवोस तर मेरो भन्दा धेरै भोट उपमेयरको आउनुपर्दछ । त्यही अनुसार अनुशासित र निर्देशन पनि दिन चाहान्छौ आम पार्टीका साथीभाईलाई। गठबन्धन भनेको अहिलेको आवश्यकता हो । कांग्रेसका कार्यकर्ताले माओवादीलाई भोट नदिने, जसपालाई नदिने, एसलाई भोट नदिने कुरा स्वीकार्य हुनै सक्दैन।
गठबन्धनले उम्मेदवार बनाई सकेपछि स्वतन्त्र उम्मेदवार दिनेलाई पार्टीले कारवाही गरिसकेको अवस्थो छ। त्यस्तै कांग्रेसको कार्यकर्ताले अन्य गठबन्धन दलका नेतालाई उम्मेदवार बनाएको छ। भोट दिएन भने पार्टी कडा रुपमा एक्सनमा जान्छ। यो जिल्लाको कुरा, हैन मेरो व्यक्तिगत कुरा हैन, केन्द्रको कुरा हो। तपाईहरुले बुझ्नै भएको छ। त्यसकारणले जिताउने कुरामा हामी प्रतिबद्ध छौ। हामी पनि जित्छौ, उहाँहरुलाई पनि जिताउँछौ, समग्र जनता र समाजलाई जिताउँछौ। लोकतन्त्रलाई जिताउँछौ।
मेयर जितेभने सम्पत्ती सार्वजनिक गर्छु र कार्यकाल सकेपछि पनि सम्पत्ती सार्वजनिक गर्छु भनेको के होरु
अहिले राजनीतिक दलका नेताहरुमाथि सबैले प्रश्न उठाउने गरेका छन् कि राजनीति भनेको कमाउने पेशा हो। राजनीतिमा लागेका मान्छेको उधोग, कलकारखाना छैन, व्यवसाय पनि छैन । तर, ऊ रातारात करोडपती बन्दछ के कारणले रु के कारणले करोडपती बन्दैछ भन्दा घुस खाने, कमिशन लिने, ठेकदारसँग मिल्ने, अन्य विभिन्न व्यक्तिहरुसँग मिलेर दुई नम्बरी पैसा कमाउने जुन परीपाटी छ यसलाई परिवर्तन गर्नुपर्छ।
मैले परीवर्तन नगरे कल्ले गर्ने रु हामीले परिवर्तन नगरे कसले गर्ने भन्ने अभियान अन्तर्गत म आफू निर्वाचित भएको १५ दिनभित्र मेरो श्रीमती, आमा, परिवार र मेरो नाममा कती सम्पत्ती छ सार्वजनिक गरेर पारदर्शी हुन चाहान्छु । बिसन जीको पनि त्यही कुरा छ।
मेरो कुनै व्यक्तिगत स्वार्थ छैन, नगरप्रमुख भएपछि बदमासी गरेर, भ्रष्टाचार गरेर घर बनाउनु पनि छैन । मेरो जुन जीवनशैली छ, जुन खानपान छ, रहनसहन छ। जसरी मैले जनताबाट माया, प्रेम, सदभाव पाएको छु । यो माया, प्रेम र सदभाव भोली नगरप्रमुख भइसकेपछि त्यही कायम रहन्छ म जनताको घरघर पुग्छु । जनताको घरमा बस्न चाहान्छु। आलिसान बिल्डिङ बनाएर गाडीमा हिडेर आफू माथिल्लो तहको हुं र, जनता तल्लो तहका हुन नभन्न सम्पत्ती सार्वजनिक गर्ने भनेको हो।
मेयररउपमेयर जितेमा यो नगर कस्तो हुन्छ, नगरबासीले के पाउछ
नगरका बारेमा हामीले खाका बनाएका छौ। २५ वर्षपछिको नगरपालिका कस्तो बनाउने। हामीले जितेपछि ५ वर्षमा नगरपालिका कस्तो बनाउने मात्रै हैन। हाम्रो छोराछोरी, भाई, भतिजले २५ वर्ष पछाडीको नगरपालिकाको परिकल्पान पनि गरेको छ। हामी त्यो परिकल्पनासहित नगरको खाका बनाईरहेका छौ। विशेषगरी ५ वर्षभित्र हाम्रो पहिलो प्रतिबद्धता भनेको अहिले जसले नगरको नेतृत्व गरिरहेको छ। ५ वर्षको बिचमा जुनजुन शिर्षकमा भ्रष्टाचार भएको छ।
हामी निर्वाचित भएपछि पहिलो बैठकबाट हामी उच्चस्तरीय छानविन समिति गठन गर्दछौ। त्यो निष्पक्ष हुनेछ।
कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, संगीत, साँस्कृतिक क्षेत्र, सञ्चार क्षेत्रलाई संस्थागत ढंगले गर्ने कुरा के होरु विगतमा के भएको छ भने दलितको शिर्षकमा आएको पैसामा होस सामाजिक सुरक्षा भत्तामा बदमासी भएको छ। जनजातीको नाममा आएको रकम बदमासी भएको छ। खेलकुद र साँस्कृतिक क्षेत्रमा आएको बजेटमा बदमासी भएको छ भन्ने सूचना छ। सत्यतथ्य के हो रु हामी छानविन गर्छौ।
जुनजुन शिर्षकमा जेजे आएको छ। तत् ठाउँमा बजेट विनियोजन गरेर आफू बन्न हैन नगर बनाउनका लागि हामी आएका हौ । उपमेयरका उम्मेदवार बिसन जी पनि भ्रष्टाचार विरुद्धको आन्दोलनको अभियान्ता हो।
गठबन्धन घटक दलका नेता कार्यकर्तालाई के भन्नुहुन्छ रु
उहाँहरुले अत्यन्तै धेरै सम्मान गर्नुभएको छ । गठबन्धन भनेको अहिलेको आवश्यकता हो। मेरो व्यक्तिगत स्वार्थका लागि हैन राष्ट्रिय स्तरकै हो गठबन्धन। हामो मुख्य ध्येय भनेको प्रतिगमनकारीलाई निष्तेज बनाउने हो। जहाँ जहाँ वडामा हाम्रो गठबन्धन हुन सकेको छैन, मित्रवत ढंगबाट चुनाव लडेका छौ। त्यहाँ पनि पोष्टर, ब्यानरमा मेयर, उपमेयरको नाम राखेर प्रचारप्रसार गरिरहनु भएको छ। मेयरका प्रत्यासी तिर्थराज भट्टराई र उपमेयरका प्रत्यासी बिसन राई।
र, भोट हालछन कि हाल्दैनन् भनेर प्रश्न चिन्ह खडा गर्ने काम गठबन्धन दलका साथीहरुले भन्दा पनि हामीसँग प्रतिस्पर्धा गर्ने, प्रतिगमनकारीहरुले हाम्रो विचमा द्धन्द्ध गराइदिने कुराहरु, प्रश्न उठाएका हुन्। यसमा कुनै आशंका गर्नै सकिन्दैन, आशंका छैन। कांग्रेसका कार्यकर्ताभन्दा ज्यादा विश्वास र भरोसाका साथ अन्य गठबन्धन दलका साथीहरुले मलाई भोट दिने र कांग्रेस, जसपा र नेकपा एसका साथीहरुले बिसन जीलाई भोट दिने अवस्था छ। एकअर्काले भोट दिदैन भन्ने कुरा भ्रम मात्रै हो। यदि त्यस्तो भयो भने पार्टीले स्पष्टीकरण सोध्छ।
कृपया त्यस्तो नगरीदिनु होला मैले भन्ने गरेको छु। बिसन जी र म हल गोरुजस्तै हो। एउटा गोरु कमजोर भयो भने खेत रोप्न सकिन्दैन, मैले चुनाव जिते बिसन जीले हार्नुभयो भने हाम्रो परिकल्पना पूरा हुन सक्दैन, बिसन जीले जित्नु भो मैले हारे भने हाम्रो परिकल्पना अनुसार नगरपालिका चलाउन सक्दैनौ। त्यसकारण हामी दुबै जनालाई जिताउनु आवश्यक छ। हामीले जितिसकेका छौ,जित्ने अवस्था पनि छ।
नगरवासीलाई केही भन्नु हुन्छरु
आम नगरबासीलाई अनुरोध गर्न चाहान्छु कि तपाईहरुले गठबन्धन दलका नेता कार्यकर्ताहरु जहाँ जहाँ उम्मेदवार बन्नुभएको छ। यहाँहरुले कांग्रेसको रुख चिन्ह, माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चिन्ह, जसपाको छाता चिन्ह, नेकपा एसको कलम चिन्हमा मतदान गर्नुहोला।गठबन्धनलाई दर्बिलो बनाउनुहोला।
हामीबाट तपाईहरु चाहेका सपनाहरु, यहाँहरुले राख्नुभएका हामीप्रतिको आशा र विश्वासमा हामी तुषारापात हुन दिने छैनौ। तपाईहरुको सदभाव, सहयोग बैशाख ३० गते हुनसक्छ। प्रतिगमनकारीहरुले जनतालाई भोट किन्नलाई पैसा लिएर जान्छन्, सामानहरु दिन सक्छन्। त्यसकारण त्यस्ताहरुको पहिचान गरेर गठबन्धनलाई जिताउन सम्पुर्ण नगरबासीमा अनुरोध गर्दछु। सम्बन्धित क्षेत्रमा विशेषज्ञहरुसँग बसेर उहाँहरुको कुरा सुनेर नगरलाई गतिशिल र विकाशित बनाउने अभियानमा लाग्नेछौ। यहाँहरु सबैले गठबन्धन दललाई निर्वाचित गराउन हुन अनुरोध गर्न चाहान्छु समायोजन खबर बाट
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



