दिप्रुङ चुईचुम्मा गाउँपालिकाको मत गणना सुरु
खोटाङ, ३० बैसाख/खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको मत गणना सुरु भएको छ । शुक्रबार राती १ः२० बजेदेखि गाउँपालिकाको कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयमा मत गणना सुरु गरिएको हो । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाबाट गणना सुरु गरिएको निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा नइन्द्र राई र उपाध्यक्षमा रमा कट्वाल, एमालेबाट अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा गोपालचन्द्र राई र उपाध्यक्षमा नैनकुमारी खत्री, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा ओमीराज राई र उपाध्यक्षमा अम्बिका राई, राप्रपाबाट अध्यक्षमा कल्पना राईको मनोनयन दर्ता भएको छ । स्वतन्त्रबाट अध्यक्षमा बिश्वराज राई र सुरेश राईको उम्मेद्वारी दर्ता भएको छ ।
दिप्रुङमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले एक्लाएक्लै उम्मेद्वारी दिएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



