दिप्रुङ चुइचुम्मा–२ डाँडागाउँको वडाध्यक्षमा कांग्रेसका बद्री कटुवाल विजयी

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा नेपाली कांग्रेसका उम्मेदवार बद्री कटुवाल वडाध्यक्षमा विजयी भएका छन् । कटुवालले ३४१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका केदार परियारले २९० मत प्राप्त गरे भने नेकपा एमालेका भीमबहादुर खत्रीले २८६ मत पाए । एमालेका भीमबहादुर निवर्तमान वडाध्यक्ष हुन् ।
कांग्रेसले एक खुल्ला वडा सदस्य र महिला सदस्य जितेको छ भने एक खुल्ला वडा सदस्य र दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रले जितेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसको अग्रता रहेको छ । जसमा २२५७ मत गणना हुँदा कांग्रेसका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ९२२, उपाध्यक्षका उम्मेदवार रमा कटुवालले ९१८, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ६१३ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ५६९, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ५३२ र उपाध्यक्षका उम्मेदवार अरुणा थापामगरले ५३४ मत ल्याएका छन् ।