दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ मा नेकपा एमालेको अग्रता

खोटाङ,जेष्ठ १ /खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा-४ बतासेमा नेकपा एमालेले अग्रता लिएको छ । ६०० मत गणना हुँदा एमालेका गाउँपालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र राईले ३३४, उपाध्यक्ष पदका उम्मेदवार अरुणा थापा मगरले २७०, कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नइन्द्र राईले ४६, उपाध्यक्षका उम्मेदवार रमा कट्वालले ८१, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले १५६ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ७५ मत ल्याएका छन् ।

त्यस्तै वडामा पनि नेकपा एमाले अगाडि देखिएको छ ।एमालेका वडा अध्यक्षका उम्मेदवार बबेन्द्र राईले २३४ मत ल्याएका छन् भने स्वतन्त्र पदका उम्मेदवार राजेन्द्र राईले १६८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजदेश राईले ६८ र माओवादीका अध्यक्ष उम्मेदवार बिनोद राईले ३६, कलम चिन्हमा २८ मत ल्याएका छन् ।

दिप्रुङमा गत शुक्रबार राती १ः२० बजेदेखि मत गणना सुरु गरिएको हो । दिप्रुङमा १३ हजार ४३१ मतदातामध्ये ७ हजार ८०८ मत खसेको निर्वाचन अधिकृतको कार्यालय दिप्रुङले जनाएको छ ।