हलेसीमा एमाले-माओवादी गठबन्धनलाई पराजित गर्दै कांग्रेस विजयी
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा बिमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। बिमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याए। राई नगरप्रमुखमा दोश्रो पटक पराजित भएका हुन्।
बिमला यसअघि उपमेयरमा निर्वाचित भएकी थिइन्। खडेन्द्र यसअघि पनि कांग्रेसकै उम्मेदवार इवन राईसँग झण्डै ४ सय मतले पराजित भएका थिए। त्यतिबेला इवनले ४ हजार ३९७ मत र खडेन्द्रले ३ हजार ९९९ मत पाएका थिए। माओवादीका हरी गिरीले १ हजार ६८६ मत पाएका थिए। यसपटक माओवादीको समेत साथ पाउँदा पनि खडेन्द्र निवार्नचित हुन सकेनन्।
बिमलाले भने २०७४ सालमा सर्वाधिक मत पाएकी थिइन्। त्यतिबेला उनले ४ हजार ४८६ मत ल्याएर निर्वाचित भएकी थिइन्। यस्तै उपप्रमुखमा निर्वाचित राउतले ५ हजार ९३४ मत पाए। उनले माओवादीका अमेम्बर राईलाई पराजित गरेका हुन्।
अमेम्बरले ५ हजार ६६१ मत पाए। एमालेबाट उपमेयरमा र माओवादीले मेयरमा पनि उम्मेदवारी दर्ता गरेका थिए। तर पछि आफ्ना उम्मेदवारलाई मत नमागि गुपचुप गठबन्धन गरेका थिए।
केन्द्रमा बनेको ५ दलीय गठबन्धनमा गठबन्धन बाहिरका दलसँग नमिल्ने भनेपनि हलेसी तुवाचुङ नगरपालिकामा भने गठबन्धनकै तीन दल माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एमालेसँग वडा तहसम्मै तालमेल गरेका थिए।
कांग्रेसविरुद्ध गठबन्धन गरेका दलहरु हलेसीमा कमजोर देखिएका छन्। नगरपालिकाका ११ मध्ये ३ वटामा गठबन्धनका उम्मेदवार र ८ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
जिल्लाका अन्य पालिकामा भने केहीमा तालमेल र केहीमा एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए। जिल्लाका २ नगरसहित १० पालिकामध्ये नेपाली कांग्रेस ६ पालिका प्रमुखमा विजयी भएको छ। माओवादी २ र एमालेले २ पालिका प्रमुख जितेको छ। यसअघि माओवादी एक, कांग्रेस ४ र एमाले ५ पालिकामा विजयी भएका थिए।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



