अन्तरघात गरेको अाराेप लगाउदै कांग्रेस प्रदेश महामन्त्री सहित चार जना बिरुद्ध उजुरी
खोटाङ, जेठ । स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेर आधिकारिक उम्मेदवार हराउन भुमीका खेलेको भन्दै कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राई सहित चार जना बिरुद्ध अनुशासन समितिमा उजुरी परेको छ ।
३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तरघात गरेको भन्दै महामन्त्री राई, कांग्रेसका दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, कांग्रेस प्रदेश (ख)का सदस्य पुर्णबहादुर खड्का र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा सभापति रामचन्द्र राई विरुद्ध कांग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो ।
चार नेता बिरुद्ध कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार नईन्द्र राई, उपाध्यक्षका उम्मेदवार रमा कट्वाल सहित ७ वडाका वडाध्यक्षका उम्मेदवारले कारबाहीका लागि समितिमा उजुरी दिएका हुन् ।
पराजित उम्मेदवारहरुले पार्टीको विधान २०१७, (संशोधन सहित) धारा ३४ उपधारा ४ को क, ख र ग आकर्षित हुनेगरी कारबाही गर्न माग गरेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वयं महामन्त्री राई विजयी भएको गाउँपालिकामा यसपल्ट एमालेका लोकेन्द्र राई विजय भएपछि महामन्त्री राईमाथि अन्तरघातको आक्षेप लागेको हो ।
अनुशासन समितिका जिल्ला संयोजक ज्ञानेन्द्र जोशीले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार बिरुद्ध बागी उम्मेदवार उठे÷नउठेको तथा आधिकारिक उम्मेदवारको विरुद्ध अन्तरघात हुने काम कारबाही भए/नभएको प्रतिबेदन पेश गर्न १३ जेठमा पठाएको पत्र अनुशार अन्तरघात गर्ने र विपक्षी दलका उम्मेदवारलाई जिताउन भूमीका खेलेका नेता विरुद्ध उजुरी दिइएको कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार राईले बताए ।
महामन्त्री राईमाथि आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको, विपक्षी दल एमालेका नेता र उम्मेदवारसँग गोप्य बैठक बसेर पार्टीको आन्तरिक रणनिती तथा गोपनीयता भङ्ग गरी आर्थिक लेनदेन र चलखेल गर्दै मतदाता तथा कार्यकर्ता भड्काएको, गुट खडा गरी अन्तरघात गराउँदै आधिकारिक उम्मेदवारलाई लज्जास्पद पराजय गराएको, पदको दुरुपयोग गरी हरेक वडामा अधिबेसनको नकरात्मक विषयवस्तु बारे दुष्प्रचार गरी कार्यकर्ता वा मतदातालाई भड्काउँदै अन्तरघात गराएको, पार्टीको चुनावीसभामा सहभागी हुन उदासिनता देखाएको, संलग्न चुनावी सभामा विवादास्पद अभिव्यक्ती दिएको लगायतका क्रियाकलाप गरेको आरोप लगाइएको छ ।
यस्तै, गिरीमाथि आधिकारिक उम्मेदवार विरुद्ध दुष्प्रचार गरेको, पदीय जिम्मेवारीलाई निष्कृय गरेको, विपक्षी पार्टीका नेता र उम्मेदवारसँग बैठक बसि गोपनीयता तथा रणनिती ‘एक्सपोज’ गराएको, विपक्षी पार्टीका उम्मेदवारलाई लाभ हुनेगरी विवादास्पद अभिव्यक्ती दिएको, आधिकारिक उम्मेदवार विरुद्ध बितृष्ण फैलाएको, पार्टी नेतृत्वको आलोचना गरेको लगायतका आरोप लागेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



