विद्यालय ब्यबस्थापन समिति अध्यक्षमा राई निर्वाचित
खोटाङ , असार ५ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.–१० पाथेका स्थित सरस्वती मा.वि विद्यालय(१–१०)को नयाँ अध्यक्ष पदमा स्थानीय समाजसेवी हात्तीराम राई सर्वसम्मत चयन भएका छन् ।
विद्यालयको पुरानो समितिको कार्यकाल सकिएपछि गत पौष महिनामा ९ गते भएको अभिभावकहरुको भेलालाई निरन्तरता दिदै ४ सदस्यहरुको मनोनित सदस्यमा छनौट परेका राईलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो । समाजसेवालाई निरन्तरता दिदै आएका राई किँरात राई यायोख्या जिल्ला अध्यक्ष समेत रहेका छन् ।
वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावकको उपस्थितिमा ४ जना नयाँ सदस्यहरुमा घमण्ड प्रसाद गिरि, अस्मिता राई र सम्झना राई लाई छनौट गरिएको थियो ।
आईतबारको निर्णयले सौराज राई,टिक माया राईलाई मनोनित गरेसंगै अन्य पदाधिकारीको समेत टुंगो लागेको प्रधानाध्यापक उत्रप्रसाद राईले जानकारी दिए ।
विव्यसको अन्य सदस्यहरुमा शिक्षक प्रतिनिधिबाट खगेन्द्र राई र वडा प्रतिनिधिकोरुपमा शहरमणी राईलाई चयन गरिएको छ भने सदस्य सचिवमा विद्यालयको प्रअनै रहने कानुनी प्राव्धान रहेको छ । एक विद्यलायमा जम्मा ९ जनाको विद्यालय व्यवस्थापन समिति रहने व्यवस्था छ । विब्यसको भेलाले शिक्षक अभिभावक संघ नि टुग्याएको छ शि.अ.सं अध्यक्षमा दिल बहादुर राई निर्विरोध निर्वाचित भएका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



