लुम्बिनी जनरल इन्स्योरेन्सले सम्पन्न ग¥यो घुम्ती सेवा कार्यक्रम

खोटाङ ÷लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका किसान तथा प्राविधिक अभिकर्ता बिच घुम्ती बीमा बाली तथा पशुपंक्षी बिमा सेवाको बिषयमा छलफल कार्यक्रम गरेको छ ।
किसान स्थानीय तह प्राविधिक  र बिमा अभिकर्ता बीच सम्पन्न भएको कार्यक्रममा बाली तथा पशुपंक्षी बीमा सेवा सम्बन्धी छलफल भएको थियो । छलफलमा कार्यक्रममा किसानले बिमा दावी सम्बन्धी ढिला सुस्ती र सर्वसाधरणले पाएका दुःख बारेमा आफनो गुनासो गरेका थिए ।
किसान तथा अभिकर्ताको क्षमता अभिबृद्धि गर्नका लागि यो कार्यक्रम गरिएको लुम्बिनी जनरल इन्स्योरेन्सका प्रधान कार्यालय ज्ञानेश्रर काठमाडौका कृषि तथा पशुपंक्षी बिभागका प्रमुख कुशब बरालले किसानको समस्यालाई सहज र सरल ढंगले छिटो छरितो रुपमा समस्या समाधन गरिदिने बताउनु भयो ।
गाउँमा रहेका कतिपय किसान बाली नाली तथा पशुपंक्षीको बिमा गनुपर्छ भने पनि थाहा छैनन् किसानहरु क्षमता अभिकर्ताको क्षमता अभिबृद्दि गर्ने उदेश्यले यो कार्यक्रम दिक्तेलमा राखिएको लुम्बिनी जनरल इन्स्योरेन्सका खोटाङ बजार व्यवस्थापक बाबुराम आचार्यले  बताए ।