जेष्ठ नागरिक हरुको लागि एक दिने निःशुल्क आँखा जाँच तथा चस्मा बितरण शिविर सम्पन्न

कृष्णकला राई
खोटाङ/ खोटाङमा जेष्ठ नागरिकको लागि एक दिने निःशुल्क आँखा जाँच तथा चस्मा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

शिबिरमा १७४ जना जेष्ठ नागरिकले आँखा जाच  गराएका छन् । आँखा उपचार केन्द्र दिक्तेलमा बिहिवार  सम्पन्न भएको एक दिने शिविरमा आँखाका विभिन्न समस्याबाट पिडित भएका बिरामीले आवाश्यक्ता अनुसार चस्मा र अौषधी उपचार  गराएका हुन् ।

नेपाल नेत्र ज्योती संघ खोटाङको आयोजना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग तथा जेष्ठ नागरिक संघ खोटाङको समन्वयमा भएको उक्त शिबिर  कार्यक्रममा नगरपालिका भित्रको १७१ जनालाई चस्मा  र ४ जनालाई  अौषधी बितरण गरिएको  नेपाल नेत्र ज्योती संघ खोटाङको सभापति ईन्द्र कसजूले जानकारी दिए ।

उपस्थित जेष्ठ नागरिक मध्ये ४५ जनालाई मोतिबिन्दुको अप्रेशन गर्नु पर्ने पहिचान गरिएको जनाईएको छ।