दिक्तेल बजारमा जडान गरिएका सिसिक्यामेरा प्रयोग बिहिन

दिनराज कार्की खोटाङ÷दिक्तेल रुपाकोट मझवागढी नगरपालिका लाखौ खर्च गरेर जडान गरिएका सिसि क्यामेरा अहिले प्रयोग बिहिन बनेका छन्
जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको दिक्तेलबजारको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउनका लागि नगरपालिकाले विभिन्न ८ स्थानमा १६ वटा सिसि क्यामेरा जडान गरेको थियो । करिव १० लाख रुपैयाँको खर्चमा गरेर जडान गरिएका सिसि क्यामेरा जिर्णन अवस्थामा पुगेका छन् दिक्तेलको रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचौक, भानुचौक, हाटडाँडा र अस्पताल चौकको विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाले अहिले त्यो सिसि क्यामेरा प्रयोग बिहिन बनेको छन् । भनि पय सिसि क्यामेरा चोरी भएका छन् ।
चौविसै घण्टा चालु रहने सिसि क्यामेराबाट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले दिक्तेलबजार क्षेत्रको समग्र गतिविधिको निगरानी गर्ने अहिले दिक्तेल बजारमा कुनै पनि सिसि क्यामेरा सञ्चालनमा छैनन् २०७५मंसिर देखि हाईटेक सोलुसन प्रालि काठमाण्डौले जडान गरिएको सिसि क्यामेरा अहिले जिर्णन अवस्थामा छ । जडान गरिएको दुई महिना देखि सञ्चालनमा नरहेको स्थानीय बासी बताउँछन्
दिक्तेलबजारको निगरानीका लागि जडान गरिएका सिसि क्यामेरा सार्वजनिकस्थलमा धुम्रपान निषेधित क्षेत्र घोषित दिक्तेलबजारका सार्वजनिक थलोमा भइरहेका धुम्रपान लगायतका गतिविधिलाई समेत बिभिन्न अपराधिक क्रियाकलाप सिसि क्यामेराबाट निगरानी गर्न सकिने भनेर जडान गरिएको थियो । जडान गरिएको १५ हुँदा अपराधिक क्रियाकलाप हुदाँ पनि स्थानीय बासीले फुटेज पाउँन नसकेन जनताको आखामा छारो हाल्ने तरिकाले जडान गरिएको स्थानीय नेत्र कट्वाल बताउँछन्
अघिलो सरकाले सञ्चानलमा ल्याएको सिसि क्यामेरा अहिले जिर्ण अवस्थामा रहेका छन् सार्वजनिक स्थानमा जडान गरिएको सिसिक्यामेरा कति पय ठाउँमा नभएको यस लाई नगर सरकाले खोजि तथा छानविन गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उप प्रमुख बिसन राईले बताए ।