पुर्ण खोप नगर घोषणा गर्ने तयारिमा -दिक्तेल
कृष्णकला राई
खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पुर्ण खोप नगर घोषणा गर्ने तयारी गरेको छ ।
बुधबार बिहान नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरि नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय खोटाङको संयुक्त साझेदारीमा यहि असार ३२ गते पुर्ण खोप नगर घोषणा गर्ने तयारी रहेकोे बताइएको हो ।
बालबालिकाको स्वास्थ्य जीवनको शुरुवातको लागि खोप एक राम्रो लगानी मानिन्छ नवजात
शिशु मृत्युुदर कम गर्न ० देखि तेईस महिनाको अबधिमा लगाईने १३ वटा अनिवार्य खोप मात्रा नगरको सबै वडामा रहेको ११ सय बढी बालबालिकालाई लगाईसकिएको नगर स्वास्थ्य शाखाले जानकारी दिइएको छ ।
८ गाउँपालिका र २ नगरपालिका रहेको खोटाङमा जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा हलेसी तुवाचुङ नगरपालिकाले पुर्ण खोप नगर घोषणा गरिसकेको छ । जिल्लाको सबै स्थानीयतहमा ०-२३ महिनाको अबधिमा बालबालिकाले पाउने खोप मात्रा पूरा भए पनि ८ गाउँपालिकामा घोषणा गर्न बाँकी रहेको स्वास्थ्य कार्यालयको प्रमुख पुन्य प्रसाद सिग्देलले बताउनु भयो ।
विश्वमा हालसम्म १६ प्रकारका खोपको उत्पादन भएको र तीमध्ये धेरै खोपको प्रयोग गर्न कमै मात्र देशले सकेको अवस्थामा हाल नेपालले १३ प्रकारका खोप सञ्चालनमा ल्याउन सकेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



