साहित्य लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

मंसिर ७ शुक्रवार, २०७५

खोटाङ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसका बिद्यार्थीका लागि साहित्य लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । बिद्यार्थीको क्षमताको सर्वाङ्गीण बिकासका लागि अतिरिक्त क्रियाकलाप अन्तरगत क्याम्पसले शुक्रबार साहित्य लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा कक्षा ११ देखि स्नातक तहसम्म अध्यायन गरिहेका बिद्यार्थीलाई निबन्ध, कबिता र गजल लेखनका बिषयमा जानकारी दिइएको क्याम्पसा प्राध्यपक रबिन सुनुवारले बताए ।

साहित्य लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा निबन्ध लेखनका बिषयमा प्राध्यापक एलपी घिमिरे, कबिता लेखन सम्बन्धी बेदीकुमार राई र गजल लेखन सम्बन्धी शरण खत्रीले प्रशिक्षण दिनु भएको छ ।

कार्यक्रम क्याम्पस प्रमुख हिराकुमार राईको सभापतित्वमा सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा २३९ बिद्यार्थीको सहभागीता रहेको थियो ।