खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ
खोटाङ /नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान खोटाङमा पनि प्रारम्भ गरेको छ।
अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेस पार्टी कार्यालयले जनाएको छ। यसैगरी दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हुने केन्द्रिय सदस्य तारामान गुरुङले जानकारी दिए।
अभियानको मुख्यरुपमा चार उद्देश्य रहेका छन्। आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ।
यसैगरी जनताको घर आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने र जनताको भावनाअनुरुपको रुपान्तरण र विकास परियोजनाबारे जनतासँग विविध ढङ्गले अन्तक्रिर्या गर्ने उद्देश्य रहेको उनले बताए।
कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पङ्क्ति र जनता समक्ष राख्ने अभियानको उद्देश्य छ।
अभियान सफल बनाउन ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसकेका छन् भने सात प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकताअनुरुप प्रतिनिधि खटाएका छन्।
खोटाङ जिल्लाको लागि केन्द्रिय सदस्य तारामान गुरुङ
निर्वाचन क्षेत्र नम्बर-१ को लागि कमला गुरुङ र निर्वाचन क्षेत्र नम्वर २ को लागि प्रदेश समिती सदस्य सबिता राई प्रतिनिधिको रुपमा खटिएको १ नम्बर प्रदेशको महामन्त्री भुपेन्द्र राईले बताए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



