खोटाङ प्रदेशसभा (ख) बाट एमालेको रामप्रसाद दंगालको एकल नाम सिफारिस
खोटाङ /नेकपा (एमाले) खोटाङले प्रदेशसभा (ख) का लागि प्रत्यक्षतर्फ रामप्रसाद दंगालको एकमात्र नाम सर्वसहमत सिफारिस गर्ने निर्णय गरेको छ । एमाले खोटाङको पाँचौँ जिल्ला भेलाले आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा (ख) बाट एकमात्र उम्मेदवारको रुपमा जिल्ला अध्यक्ष दंगालको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेखसभा (ख) मा अन्य नेताहरु कसैको पनि दाबी रहेकाले दंगालको मात्र एकल नाम प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए । समानुपातिकमा दूधराज तामाङ, चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, गीतामायाँ राई र भगवती प्रधानको नाम सिफारिस भएको एमाले खोटाङले जनाएको छ ।
प्रदेशसभा (क) मा देवबिक्रम राई, सर्वधन राई, लीलानाथ निरौला र अनिशा खनालको दाबी रहेको जनाइएको छ । प्रदेशसभा (क) मा आकांक्षी धेरै देखिएपनि सहमतिमा एकजनाको नाम सिफारिस हुने सचिव आचार्यले जानकारी दिए ।
प्रतिनिधिसभाका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई र रमेश पौडेल, प्रदेश सदस्यहरु पाचँकर्ण राई ‘पिके’, राजन ढकाल र देवान राईको दाबी रहेको जनाइएको छ । यद्यपि, भोलि बिहानसम्ममा सहमति गरेर एकजनाको मात्र नाम सिफारिस गर्नेगरी छलफल भइरहेको एमालेले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



