खुला दिशामुक्त क्षेत्रमा सार्वजनिक शौचालयको नहुँदा सर्वसाधारण मारमा
दिनराज कार्की खोटाङ, । खोटाङलाई ७ जेठ २०७३ मा खुला दिशामुक्त जिल्ला घोषणा गरियो । तत्कालिन ७२ गाबिस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५ औं खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेलबजारमै सार्वजनिक शौचालयको अभाव हुँदा सर्वसाधारण मारमा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा दुर दराजबाट बजार आइपुगेका सर्वसाधारण बढी मारमा परिरहेका छन् ।
शौचालय जानकालागि कतिपय सर्वसाधारण खाजा र नास्ता खाने बाहनामा होटल छिर्ने गरेका छन् । चिया, खाजा वा नास्ता खान होटल छिरेपछि मात्र सर्वसाधारणल शौच गर्न पाउँछन् । होटल मालिकसँग चिनजान भएका कतिपयले सहज तरिकाले होटलका शौचालय प्रयोग गर्न सक्छन्, तर चिनजान नभएकाहरु भने खाजा नास्ता खाने बाहनामा होटल छिर्न वाध्य छन् । कतिपय भने शौचको लागि खोल्साखोल्सी र एकान्त ठाउँमा जान बाध्य छन् ।
हाट भर्नका लागि आउने सर्वसाधारणलाई लक्ष्यित गर्दै दिक्तेलको हाटडाँडामा शौचालय बनाइएको छ तर त्यी शौचालय पर्याप्त छैनन् । दिक्तेलकै हेलीप्याडमा मञ्चको पछाडि बनाइएको शौचालयको व्यवस्थित प्रयोग गरिएको छैन्
दिक्तेलबजारमा मात्र नभएर जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाको केन्द्रमा पनि सार्वजनिक शौचालयको अभाव छ । गाउँ÷नगरपालिकाको केन्द्रमा जनघनत्व बृद्धि भइरहँदा सार्वजनिक शौचालयको व्यवस्थापनमा भने ध्यान दिइएको छैन । सार्वजनिक शौचालयको व्यवस्थापन अभावमा खुला दिशामुक्त क्षेत्रमा समेत फोहोरमैला हुने गरेको छ । अहिलेको स्थानीय सरकारले सार्वजनिक सौचालयको बिषयमा चासो दिन सकेको छैनन्
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



