खोटाङका दुई वटा बसपार्क उपयोग विहिन

दिनराज कार्की,
खोटाङको दिक्तेलमा निर्माण गरिएका दुई वटा बसपार्क उपयोग विहिन बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्यगाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बनाइएका बसपार्क उपयोग विहिन बनेका हुन् ।
आर्चाय गाउँमा बसपार्क निमार्णका लागि सात स्थानीयले १५ रोपनि जग्गा दिएका थिए । बनेको बर्षदिनपछि १२ पुस २०७३ देखि आर्चाय गाउँको बसपार्क सञ्चालनमा ल्याएको थियो
बसपार्कमा पार्किङ गरिएको अवस्थामा हुनुपर्ने बस हिजो आज दिक्तेलको रत्नपार्कस्थित किराँतचोक आसपासमा सडकको कुनामा पार्क गर्ने गरिएको छन् ।
बसपार्कमा नियमित सुरु देखि बस नपुगेको स्थानीय बासी तथा जग्गा दाता बताउँछन् स्थानीय सरकार ले पनि चासो नदिएको जग्गादाता तथा स्थानीय बासी पर्शुराम आचार्य बताउँछन्
खोटाङका दुई वटा बसपार्कमा बस नगएको स्थानीय बताउँछन् बपार्कमा बस नआउने निमार्ण गरिएको पाँच बर्ष पुरा हुँदा सम्म पार्किङ स्थलमा बस नजाने बस पुग्न छाडे पछि चौरीमा परिणत भएको छ । केटा केटी खेल्ने बस्तु चराउने थलो बनेको छ बस पार्क निमार्ण गरिएको पाचँ बर्ष बिता पनि पार्किङ स्थलमा बस नआएको स्थानीय बासी मित्र प्रसाद आचार्य बताउँछन् ।
बसपार्क स्थलमा आवश्यक संरचना भौतिक संरचना अपाएक ठाउँमा भएको पार्किङ स्थलमा खाना बस्ने व्यवस्था सुविधा नभएको कारण बस पार्किङ स्थलमा बस लानु नसकेको चालक बताउँछन्
बसपार्कसम्म पुग्ने सडक र बसपार्कमा आवश्यक संरचनाको कारण देखाउदै व्यवसायीहरुले लान आलटाल गर्ने गरेको टा«फिक प्रहरी खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक दल बहादुर खत्री बताउँछन्
बस नपुग्ने बसपार्कका शौचालय, यात्रु प्रतिक्षालय लगायतका संरचना समेत जिर्ण बन्दै गएको छ । दुबै बसपार्क अपायकमा पर्ने र आवश्यक संरचना अभावमा नियमित बस लैजान समस्या भएको खोटाङ यातायात प्रालिका पुर्वी सेक्टर धनीराम राई नछुङले बताए ।