टेम्मा युवा क्लब द्वारा भलिवल साथै साँकृतिक साँझ कार्यक्रम हुने
खोटाङ / दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्मा युवा क्लब द्वारा भलिबल साथै साँकृतिक साँझ कार्यक्रम हुने भएको छ ।
स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ टेम्मा युवा क्लबले प्रथम पुरुष खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिता साथै बृहत साँस्कृतिक कार्यक्रम कार्तिक १ गते बाट हुने तयारी गरिरहेको क्लबले जनाएको छ ।
खेलमा प्रथम हुनेले ५५,५५५ द्वितीयले ३३,३३३ तृतीय हुनेले २२,२२२ र सान्त्वना हुनेले ११,१११ को साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् उकृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर , र उत्कृष्ट लिब्वरोले भने ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका खेल संयोजक ग्याबिन किराँतिले जानकारी दिएका छन् ।
क्लबले खेललाई सब्य र भब्य बनाउनको लागि साँस्कृतिक कार्यक्रम पनि राखेको छ ।
खोटाङ कलाकार समाजबाट प्रस्तुतिको लागि रुपकुमार राई , रोशन राई (पालुवा स्टार), पार्वन राई (राई बुढा) , बबिना किराँती, मनिता चाम्लिङ राई , लोकेश राईको उपस्थिति रहने क्लबले जनाएको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



