वडा कार्यालयमा डिजिटल सूचना पार्टी
मंसिर ९ आइतवार, २०७५
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङले डिजिटल सूचना पार्टी सञ्चालनमा ल्याएको छ । कार्यालयबाट सम्पादन हुने कामकाजलाई पारदर्शी र जवाफदेही बनाउनका लागि वडा कार्यालयले आईतबारदेखि डिजिटल सूचना पाटी सञ्चालनमा ल्याएको हो ।
वडाबाट सञ्चालन हुने विकास निर्माण लगायतका हरेक गतिविधिलाई प्रदर्शन गर्ने गरी कार्यालयमा डिजिटल सूचना पार्टी सञ्चालनमा ल्याएको वडाध्यक्ष लिलाबहादुर चौहानले बताए ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङले पहिलोपल्ट डिजिटल सूचना पार्टी कार्यान्वयनमा ल्याएको हो । डिजिटल सूचना पार्टीमा वडाको बार्षिक कार्यक्रम तथा बजेट अख्तियारी, योजना सम्बन्धी विवरण, नागरिक वडापत्र, समसामयिक सूचना तथा सम्बन्धित तस्बिरहरु राखिने वडा कार्यालयले जनाएको छ ।
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ वडाकार्यालयलाई पेपरलेस कार्यालय घोषणा गरिएको छ । हालसम्म हस्तलिखित कागजका माध्यमबाट भइरहेका कार्यालयीय कामकाजलाई कम्प्यूटरमार्फत सञ्चालन गरेर कागज विस्थापित गर्नका लागि पेपरलेस वडा घोषणा गरिएको हो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



