सात सय बढी लाभग्राहिलाई शिबिर मार्फत सुरक्षाभत्ता बितरण
खोटाङ/ खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ७०३ अशक्त लाभग्राहीलाई शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।
गाउँपालिका र सानिमा बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्ध अवस्थाका जेष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो ।
दशैंतिहारलाई लक्ष्यित गर्दै गत असोज ५ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाबाट सुरु गरिएको भुक्तानी शिबिर असोज १२ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा पुगेर सकिएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा सञ्चालन गरिएको शिविरबाट ११७ जना
असोज ६ गते छोरम्बुमा सञ्चालन भएको शिविरमा ९७ जना असोज ७ गते बतासेमा सञ्चालन गरिएको शिविरबाट १५१ जना असोज ९ गते स छितापोखरिबाट १११ जना असोज ११ गते छितापोखरी बाट ७१ र असोज १२ गते टेम्माबाट १५६ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
७ वडा रहेको गाउँपालिकामा वडा नम्बर-२ डाँडागाउँमा बैक सङ्गै जोडिएको हुनाले उक्त शिबिरको आयोजना नगरिएको जनाईएको छ । बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिरहेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



