खोटाङ गठबन्धनः संघमा पासाङ, प्रदेशमा बीलबलकाजी र भूपेन्द्रको मनोनयन

खोटाङ, २३ असोज । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ)ले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।
, गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि गठबन्धन दलका उम्मेदवार र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।