खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

खोटाङ / श्री शान्ती निकेतन मिनाकर्ण मा.वि दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु सापातेलको खेलमैदानमा खुल्ला पुरुष भलिवल (रनिङ शिल्ड) प्रतियोगिता आज बाट सुरु भएको छ ।

कार्तिक ३ गते बिद्यालयको ६७ औं बार्षिक उत्सवको अबसरमा १५ औं खुल्ला पुरुष भलिवल रनिङ शिल्ड प्रतियोगितामा उत्घाट्न खेलमा कर्मचारी बीच राजनीतिक दलका नेताहरु खेल खेलेर गाउँपालिका अध्यक्ष लोकेन्द्र राई , उपाध्यक्ष अरुणा मगर बिद्यालयको प्र अ लगायतले बिहिवार उत्घाट्न गरेका हुन् ।

प्रतियोगिताको पहिलो खेल लिक्चिराम्चे बिच आयोजक टिम भएको खेलमा लिक्चिराम्चे जित हासिल गरेको छ भने दुबेकोल बीच वडा कार्यालय छोरम्बु सङ्ग भएको खेलमा दुबेकोलले जित हासिल गरेको छ । तेस्रो खेलको लागि भने साकेला गाउँपालिका र दिप्रुङ वडा नम्बर ५ को कार्यालय दुबै टिम अनुपस्थित भएको आयोजकले जानकारी दिएको हो । चौथो खेलको लागि आमा समूह बुईखुवा छोरम्बु बीच वडा कार्यालय छोरम्बु टिम (A) बिचको प्रस्तिपर्धामा छोरम्बु वडा कार्यालय टिम (A) ले दुबै सेट जित हासिल गरेको छ।

३,४, र ५ गते सम्म हुने खेलमा प्रथम हुनेले नगद रु १,००००० द्वितीय पुरस्कार नगद रु ५०,००० र तृतीय हुनेले नगद रु २५,००० को साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खोटाङ जिल्लाबाट १७ टिमले टिम दर्ता गराएको बिद्यालयको प्र अ लिला भक्त बस्नेतले जानकारी दिए ।