राती १० बजेसम्म मात्र खोटाङमा देउसी भैलो खेल्न पाईने
खोटाङ / तिहारको अवसरमा खेलिने देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले शनिबार सूचना जारी गर्दै राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले शनिबार जारी गरेको सूचनामा सार्वजनिक स्थलहरुमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झै–झगडा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य समेत नगर्न अनुरोध गरिएको छ।
भुईचम्पा, पटका, रकेट जस्ता विस्फोटक र ज्वलनशील पदार्थको प्रयोगले आगलागी हुने धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भएकोले यस्ता वस्तुहरुको ओसारपसार खरिद बिक्री र प्रयोगमा पूर्णतः रोक लगाईएको प्रजिअ सेडाईले बताए।
कोही कसैबाट यस प्रकारका गैर कानूनी क्रियाकलाप भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने पनि सूचनामा जनाईएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



