टावर छ नेटवर्क छैनन्
दिनराज कार्की खोटाङ ÷ टेलिफोनको टावर ठडिएको तिन बर्ष भयो । तर खोटाङको जन्तेढुंगा गाउँपालिका भोजपुरको आम चोक गाउँपालिका सिमनामा रहेको नेपाल टेलिफोनको नेटवर्क नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । घाम झुल्के सँगै मोबाईबाट फोन गर्न नेटवर्कको खोजीमा डाँडाका चहार्नुपर्ने बाध्यता मुक्ती मिलेको छैनन् ।
खोटाङको जन्तेढुंगा गाउँपालिका डम्र्खुशिवालय र भोजपुर आमचोक गाउँपालिका वाशिङ्थर्पु ÷भन्ञ्याङ खर्क सिमनामा नेटवर्क नहुँदा सर्बसाधारण समस्या भएको स्थानीय बासी बताउँछन् ।
गाउँपालिका अधिंकास वडामा धेरै बस्ती टोलमा नेटवर्ककाे समस्या रहेको छ । टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिडनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । घाम झुल्के सँगै नेटर्वक आउने घाम अस्ताए पछि नेटवर्क जाने समस्या रहेको आमचोक गाउँपालिका वाशिङ्थर्पका स्थानीय बासी धनराज राई बताउँछन् । बिरामी पर्दा मरुमराउँ हुँदा टेलिफोन लाग्नै हम्मे हम्मे पर्ने स्थानीय सरकारले पनी चासो नदिएको राई बताउँछन्
खोटाङ जिल्लाकोे केही भागमा एनटिसी, र एनसेल दुवै खाले फोन राम्ररी लाग्दैन घर भित्र त सम्पर्क हुनै हम्मे पर्छ रात बिरात फोनको घन्टी बज्ला साथ घरबाट निस्केर अलि खुल्ला ठाउँतिर जानु पर्ने स्थिति अहिले पनि विद्यामान छ । टेलिकमको स्थानीय निकायमा बर्षो देखि गुनोस पुगेको छ । तर यस को सुधार निम्ती टेलिकमले कुनै पहल तथा सुधार गरेको पाइँदैन ।
जिल्लाको उत्तरी भेग उँभो खोला भनेर चिनिने जिल्ला को उत्तरी भेगमा पनि एनटीसी टेलिफोन लाग्न मान्दैन दक्षिणी भेगमा उस्तै े विद्यामान अवस्था रहेको छ दक्षिणको क्षेत्रमा स्थित उस्तै छ । टेलिकम सामान्य जनताका कुरा सुन्न तयार छैन नेपाल टेलिकमले बिभिन्न स्थानमा टेलिफोनका टावरहरु निमार्ण गरेर पनि सञ्चालनमा नआउँदा जिल्लाका धेरै जसो गाउँका स्थानीय सञ्चारको समस्या भोगिरहेका छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



