नितृ स्मृति प्रतिष्ठान र ईमान सिंह तथा सोमल्छी राईको अक्षय कोष बाट बाम्राङमा रहेका बिद्यलायका छात्रा छात्रलाई पुरस्कार बितरण

खाेटाङ/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ स्थीत नितृ स्मृति प्रतिष्ठान र ईमानसिंह तथा सोमल्छी राईको अक्षय कोष बाट बाम्राङमा रहेका बिद्यालयका छात्र छात्रा लाई साबित्रा माबिमा प्राङगणमा नितृ स्मृति प्रतिष्ठानद्धरा १६औ साधारण सभा तथा छैठौ बिशेष अधिबेशन तथा तथा ईमान सिंङ सोमल्छी राईको अक्षयकोष तथा पाचौ साधारण सभा बिशेष कार्यक्रम गरेर सयुक्त रुपमा पुरस्कार बितरण, गरेका छन् ।

। बाम्राङमा रहेको बिद्यालयहरु, साबित्रा मा.वि, सुर्के आधारभुत बिद्यालय, बाल बिकास प्रावि, जनता प्रावि, बसन्त पञ्चमि प्रावि, सिद्धेश्वरी प्रावि, र मेरीगोल्ड ईङलिस बोडिङ स्कुलका छात्र छात्रालाई पुरस्कार बितरण गरेको थियो ।
बिद्यालयका उतकृष्ट बिद्यार्थी, गरिव तथा जेहेन्दार बिद्यार्थी अतिरिक्त क्रियाकलाप तिन बिधा बाट २० जना छात्र छात्रालाई नितृ स्मृति प्रतिष्ठान र ईमान सिंह सोमल्छी राई शिक्षा पुरस्कार बाट ३० ÷३० हजारको अक्षय कोष बाट संयुक्त पुरस्कार बितरण गरिएको नितृ स्मृति प्रतिष्ठानका नव निर्वाचित अध्यक्ष लिला बहादुर खत्रीले जानकारी दिनु भयो ।

बि.स २०६३ सालमा स्थापना गरेका यस संस्थाको अक्षय बाट बाम्राङमा रहेका बिद्यालयका उतकृष्ट तथा जेहेन्दार छात्र छात्रा पुरस्कार बितरण गर्दै आएको छ । बिद्यार्थीको शैक्षिक गुणस्तर तथा हौसला प्रदान गर्नुका लागि यो कार्यक्रम गरिएको खत्रीले बताए ।

नितृ स्मृति प्रतिष्ठान संस्थाको अक्षय कोष ३ लाख ७५ हजार रहेको छ भनि ईमान सिंङ सोमल्छी राईको अक्षयकोष ३ लाख २५ हजार रहेको संस्थाले जनाएको छ ।