बाम–लोकतान्त्रिक गठबन्धनको जित निश्चित छ : भुपेन्द्र राई
खोटाङमा चुनावी सरगर्मी दिनानुदिन बढिरहेको छ । यतिबेला उम्मेदवार र राजनीतिक दललाई चुनावी सभा गर्न र घरदैलो अभियान गर्न भ्याईनभ्याई छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा रहेर प्रदेश ‘ख’ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस प्रदेश नं. १ का महामन्त्री भुपेन्द्र राईसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाई खोटाङ प्रदेश ‘ख’ को उम्मेदवार भएर चुनावी सभामा व्यस्त हुनुहुन्छ ? माहोल कस्तो पाउनुभयो ?
माहोल त अत्यन्तै राम्रो छ । बाम–लोकतान्त्रिक गठबन्धन जितको नजिक पुगेको छ । नागरिकहरुमा अत्यन्तै उत्साह छ ।
चुनाव जित्नु हुन्छ ?
त्यो त निश्चित छ ।
यो त सबै उम्मेदवारले बोल्ने साझा कुरा हैन ? कसरी विस्वस्त हुने ?
अहिले हामी यो तीन वटा दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर चुनाव लड्दैछौ । अहिलेसम्म निर्वाचित भएर जानु भएका प्रतिनिधिसभाको निवर्तमान सांसद नेकपा एमालेको नेतृत्वले खोटाङको समस्यालाई समाधान गर्न सक्नु भएन, उहाँ आफै समस्या भएर आउनुभयो । त्यसकारणले चाँहि नागरिकहरु यसपाली बाम–लोकतान्त्रिक गठबन्धनप्रति आर्कषित हुनुहुन्छ । अनि जित निश्चित छ ।
तपाई–बाम लोकतान्त्रिक गठबन्धनलाई नै मतदान किन गर्नुपर्ने ?
बाम–लोकतान्त्रिक गठबन्धनलाई नै मतदान गर्नुपर्ने २/३ वटा कारणहरु छन् । हामी त्यतिकै बाम लोकतान्त्रिक गठबन्धन बनेको हैन, यो कसैलाई प्रधानमन्त्री, कसैलाई माननीय बनाउनका लागि मात्रै हैन, यो देशका हजारौ शहीदको रगतले सिञ्चित संविधानलाई च्यात्ने प्रयत्न पनि भयो, सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकहरुको अधिकार र संसद विघटन गर्ने काम भयो ।
यो त पञ्चायती व्यवस्था अथवा तानाशाही प्रवृत्तिजस्तो देखियो एमालेको । त्यसका विरुद्ध हामी बाम–लोकतान्त्रिक गठबन्धन भएका छौ, त्यसलाई चिर्नका लागि हामीलाई मतदान गर्नुपर्छ ।
स्थानीयले मुख्य समस्याका रुपमा के लिएका छन् ।
धेरैको ध्यान स्थानीय समस्या र विकासमै छ । स्थानीयले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, विद्युत लगायतलाई मुख्य समस्याका रुपमा लिएका छन् । विकासका कामहरु धेरै गर्नुपर्ने भएकाले पनि यस्तो भएको होला । आधारभूत आवश्यकतालाई सबैतिर पूर्ति गर्न सकेका छैनौं । मतदाताले दैलो अगाडिको समस्यालाई महत्वपुर्ण ठानेका छन् यो स्वभाविक पनि हो ।
नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को साथ लिएर एमाले उम्मेदवारसँग लड्दै हुनुहुन्छ । कत्तिको चुनौती छ ?
अहिले राष्ट्रिय राजनीतिमा संविधान र लोकतन्त्र जोगाउनुपर्ने पक्ष एक हुनुपर्यो र हामी एक भएका छौं । लोकतन्त्र ल्याउनका लागि हामी मिलेरै सडकमा आएका हौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आइसकेपछि हामी आ–आफ्नो लाइनबाट राजनीतिमा केन्द्रित भयौं । तर, राजनीतिक रुपमा भएको परिवर्तनसँगै जनताको जीवनस्तरलाई परिवर्तन गराउन सकेनौं । यो नेपालको राजनीतिमा समस्याको रुपमा रहेको छ ।
अहिले नयाँ परिस्थिति बनेको छ । फरक मान्यता बोकेका राजनीतिक पार्टीहरु एक ठाउँमा बसेर लोकतन्त्रको रक्षा गर्नुपर्ने भयो । जनताको समृद्धिको चाहना पूरा गर्नका लागि एक ठाउँमा बस्नुपर्ने भयो । यसकारण वाम लोकतान्त्रिक गठबन्धनलाई जनताले पनि स्वागत गर्नुभएको छ ।
मतदातालाई के भन्नुहुन्छ ?
हामी खोटाङको सम्पूर्ण समस्याको समाधान गर्ने पार्टी अथवा नेतृत्व दिन सक्छौ । र, खोटाङका यावत समस्याहरुको समाधान हामी गर्न तयार छौ । त्यसका लागि यसपाली बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराई दिनका लागि अनुरोध गर्न चाहन्छु ।
राेदिक खबर बाट साभार
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



