खोटाङमा ४० प्रतिशत मत खस्यो । शान्तिपूर्ण निर्वाचन हुँदै

खोटाङ जिल्लामा बिहान ७ बजेदेखि सबै मतदान केन्द्रमा शान्तिपुर्ण ढंगबाट मतदान भईरहेको छ ।
जिल्लामा १३६ मतदान स्थल दुई अस्थाई मतदान सहित १९६ मतदान केन्द्रमा शान्तिपुर्ण तवरले मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी सुई प्रसाद सेढाई बताए ।
जिल्लामा सबै मतदान केन्द्रममा मतताहरु बिहान ७ बजे देखि लाईन बसेर उत्सका साथ मतदाता मतदना गरिहेका छन् ।
१ बजे सम्म मा ४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।
जिल्लका सबै मतदान केन्द्रमा अशक्त अपाङ्ग , जेष्ठ नागरीक गर्भवती महिला सहज र सरल मतदानको ब्यवस्था मिलाईएर निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा एक हजार ५५८ जना कर्मचारी एक हजार ८४६ जना जनपथ र म्यादी प्रहरी तथा आवश्यकता अनुसारको आधारमा नेपाली सेना र सशस्त्र परिचान गर्ने प्रमुख जिल्ला अधिकारीले बताए ।
जिल्लाभर कुल ७७८ वटा मतपेटीका संकलन लागि ४२ वटा केन्द्र र ४६ वटा स– साना केन्द्रहरु तोकिएको छ । केन्द्रमा संकलन भएको मतपेटिका सवारी साधान पठाएर ओसार्ने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा एक लाख ४२ हजार सात सय ९२ मतदाता जना रहेका छन् ।