खोटाङमा मत गणना सुरु
खोटाङ, ५ मंसिर । खोटाङमा मत गणना सुरु भएकोछ । सोमबार राती नौ बजेदेखि गणना सुरु गर्ने भनिए पनि दुई घण्टा ढिलागरी गणना सुरु गरिएको हो । मुख्या निर्वाचन अधिकृतको कार्यालयका रुपमा प्रयोग गरिएको जिल्ला अदालतको एउटा कोठामा प्रतिनिधिसभा र अन्य दुई कोठामा प्रदेशसभा (क) र प्रदेशसभा (ख)को मत गणना सुरु गरिएको हो । एक पटकमा पाँच सय मत गणना गरिसकेर परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ (४७.१७ प्रतिशत) मत खसेको छ । निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा १० जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



