खोटाङ :गठबन्धनलाई पछि पार्दै प्रदेश सभा “क”मा पाँच कर्ण राई बिजयी

खोटाङ / प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘क’ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले पाँच कर्ण राई बिजयी भएका छन् ।
एमालेका राईले निकटतम प्रतिद्वन्दी बाम -लोकतान्त्रिक गठन्धन (एकीकृत समाजवादी)का साम्झा उम्मेदवार बिरबल काजी राईलाई १ हजार १ सय ९२ मतले पछि पार्दै विजयी भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राईले १३१५७
मत प्राप्त गर्दा बाम- लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ११९६५ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल ३१४५ मत जनता समाजबादिका पार्टी राकेश राई २३४० ,नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेलिनबादीका पदम प्रसाद आचार्य १५२५, मंगोल नेशनल अर्गनाईजेसनका प्रयाग राई १६४, र नेपाल मजदुर किसान पार्टीका केशब राईले ८२ मत प्राप्त गरेका हुन् ।
१ हजार ५५४ मत बदर भएको छ ।