नवनिर्वाचित सांसद समक्ष बाँदर नियन्त्रणका लागि कानुन संशोधनको माग
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाका किसानले बाँदर नियन्त्रणका लागि बाधकका रुपमा रहेको मौजुदा कानुन संशोधनको माग गरेका छन् ।
निर्वाचनपछि विजयसभा गर्दै हिँडिरहेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र प्रदेशसभा सदस्य भूपेन्द्र राईलाई निवेदन थमाउँदै नेपाल सरकारको कानूनमा बाँदर, दुम्सी, कालालगायतका जनावरलाई संरक्षित जनावरको रुपमा परिभाषित गरिँदा अतिक्रमणकारी जनावर नियन्त्रण गर्न समस्या भएको भन्दै किसानले मौजुदा कानुन संशोधनको माग गरेका हुन् ।
अतिक्रमणकारी जनावरलाई नियन्त्रण तथा व्यवस्थापन गर्नेगरी कानून संशोधन गर्न नसकिने अवस्थामा त्यस्ता जनावरले क्षती पुर्याएवापत किसानलाई सरकारबाट उचित क्षतीपुर्ती दिने व्यवस्था सहितको कानून बनाउन आग्रह गरेका छन् । ‘नेपाल सरकारको कानुनमा बाँदर, दुम्सी, काला लगायतलाई संरक्षित जनावरको रुपमा परिभाषित गरेको छ ।
त्यस्ता जंगली जनावर नियन्त्रण वा व्यवस्थापनको लागि मौजुदा कानून बाँधक भएको हुँदा तत् तत् कानून संशोधनको लागि महत्वपूर्ण भूमीका रहोस्,’ निवेदनमा भनिएको छ, ‘उल्लेखित जनावर नियन्त्रण वा व्यवस्थापन गर्न कानुन संशोधन हुन नसक्ने अवस्थामा ती जनावरले क्षती पुर्याए वापत सरकारबाट उचित क्षतिपूर्ति दिने प्रावधान सहितको कानून बनाउने कुरामा गम्भीरतापुर्वक भूमीका निर्वाहका लागि अनुरोध छ ।’
बादर जगायतका जंगली जनावरको अतिक्रमण नियन्त्रणका लागि गाउँपालिकाका किसानकोतर्फबाट अगुवा किसान इन्द्र नारथुंगेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई र प्रदेशसभा सदस्य राईलाई आइतबार लिखित माग–पत्र बुझाएका हुन् ।
अतिक्रमणकारी जंगली जनावरको उचित व्यवस्थापन वा नियन्त्रण गर्न नसकिए केही वर्षभित्रै खोटाङका सबै खेतीयोग्य जमिन बाँझिने र गाउँ नै रित्तो बन्ने खतरा बढेको अगुवा किसान नारथुंगेले बताए ।
‘बाँदर लगायतका जंगली जनावरको अतिक्रमणका कारण खेतीयोग्य जमिन बाँझिने र बसाईसराई तिव्र गतिमा बढिरहेको छ,’ राईले भने, ‘त्यी अतिक्रमणकारी जनावरको उचित व्यवस्थापन वा नियन्त्रण गर्न सकिएन भने केही वर्षभित्रै खोटाङका सबै खेतीयोग्य जमिन बाँझिने र गाउँहरु रित्तो बन्ने निश्चित छ ।’
बाँदर नियन्त्रणका लागि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई र प्रदेशसभा सदस्य भूपेन्द्र राईलाई निवेदन दिँदै अगुवा किसान इन्द्र नारथुंगे ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



