फोक्सिन्टार पुल सञ्चालनमा
ललित राई खोटाङ/ खोटाङ र उदयपुर जोड्ने फोक्सिनटारस्थित सुनकोशी नदीमाथी निर्माण गरिएको आर्क डिजाईनको पक्किपुल सन्चालनमा आएको छ।
गाईघाट- दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका -९ लिच्किराम्चे र उदयपुरको रौतामाई ५ आँपटार सिमानामा पर्ने सुनकोशी नदीमाथी निर्माण गरिएको पुल बिहिबारबाट अनौपचारिक रूपमा सन्चालनमा ल्याइएको हो। पहिलो पटक २०६९ चैत्र २३ गते ठेकेदार कम्पनी गौरी पार्बती वाईपी जेभिसँग २०७३ चैत्र २२ सम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएतापनी विभिन्न कारण देखाउदै निर्माण कम्पनिले ढिलाई गरेको थियो। उक्त पुलको बेरिङकोट,एप्रोज रोड लगायतका काम पूर्ण रूपमा नसकिनै यातायात सन्चालन गरिएको बुझिएको छ।पुलको निर्माण कार्य पूर्णरूपमा सम्पन्न गर्न केही समय लाग्ने भएतापनी जनदबाबको कारण यातायात सन्चालन गरिएको स्रोतको दावी छ। यसबर्षबाट बर्षेनी लगाइदै आएको बेलिब्रीज समेत यो बर्षबाट लगाउन छोडिएपछी पक्किपुल सन्चालन अनिवार्य भएको खोटेहाङ -८ का स्थानीय सन्तोष खड्काले बताउनुभयो। पुल सन्चालन सँगै दक्षिणी खोटाङको खोटेहाङ,बराहपोखरी लगायतको ठाउँलाई तराईसङ्ग जोड्ने छोटो दुरीको रूपमा सडक स्थापित भएको स्थानियहरू बताउँछ्न। खोटाङको जनजिबिका र समग्र बिकासमा पुल “कोशेढुङ्गा ” हुने खोटेहाङ गाउँपालिकाले जनाएको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



