सिम्पानीमा सुन्तला खेतीसम्बन्धी तालिम शुरू
ललित राई खोटाङ: ११ पुस, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत खोटेहाङ गाउँपालिका- ८ सिम्पानीमा सुन्तला खेतिसम्बन्धी दुई दिने तालिम शुरू भएको छ।
खुप्तुङ कृषि फर्म खोटेहाङ ६ को आयोजना तथा कृषि ज्ञानकेन्द्र खोटाङको आर्थिक तथा प्राबिधिक सहयोगमा रोग किरा ब्यवस्थापन र काँटछाँट एबम मलपानी दिने सम्बन्धी तालिम सोमवार शुरू भएको हो।
खोटेहाङ गाउँपालिका ५ चिप्रिङ, ६ इन्द्रेणीपोखरी र ८ सिम्पानीका सुन्तला खेती गरिरहेका ४२ जना कृषकहरू सहभागी रहेको तालिमको प्रशिक्षकमा बाली संरक्षण अधिकृत रामनन्दन यादब रहनुभएको छ। तालिमको पहिलो दिन सोमबार सुन्तलामा देखिने रोग र किराको ब्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको थियो। मंगलबार सुन्तलाको बोटबिरुवा काँटछाँट तथा मलपानी दिने बिधिसम्बन्धी प्रशिक्षण रहने आयोजक खुप्तुङ कृषि फर्म खोटेहाङ -६ इन्द्रेणीपोखरीका सन्चालक इन्द्र नारथुङेले बताउनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत खोटेहाङ गाउँपालिकामा सुन्तला जात तथा फलफुलको ब्लक बिकाससम्बन्धी कार्यक्रम सन्चालन भइरहेको छ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



