किराँत राई चाम्लिङ दिबु खाम्वातिमको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन तयारी
खोटाङ /किराँत राई चाम्लिङ दिबु खाम्वातिमको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भएको छ ।
चाम्लिङ दिबुछाले यहि पौष महिनाको २८,२९ र ३० गते धरानको हरियाली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा राष्ट्रिय सम्मेलन गर्ने भएको हो । संसारभरी छरिएर रहनु भएको समस्त चाम्लिङ राई दिबुछाहरुलाई एकजुट बनाउने उदेश्यले ऎतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लागिएको हो ।
किराँत राई चाम्लिङ दिवु खाम्वातिमको राष्ट्रिय भेलामा भारत, वेलायत, हङकङ लगायतका मुलुकहरुबाट समेत सहभागिता हुने आयोजकले जनाएको छ ।
टाढाबाट आउने दिबुछा दिबुमाको लागि खान बस्नको ब्यबस्था सहित खोटाङ, उदयपुर,सुनसरी, झापा, लगायत नेपालको विभिन्न ठाउँबाट र देश बिदेशमा छरिएर रहेको दिबुछाहरु एक घर एक सदस्य अनिवार्य उपस्थिति हुनको लागि आयोजकले आग्रह गरेको छ ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



