श्रेष्ठको पाँच मुक्तक

(१)जीवन हाँसी खु:सी यस्तै कटाउने रहर छ मलाई
दु:ख अनि पिडाहारु भित्रै अटाउने रहर छ मलाई
जिन्दगीको दौडानमा आएका हरेक समस्या हरु
थोरैथोरै किस्ता किस्तामा घटाउने रहर छ मलाई

(२)जिन्दगी बिग्रेको हैन र पनि सुधार्ने कोसिसमा छु
म सँग प्रतिस्पर्धा गर्ने~लाई पछार्ने कोसिसमा छु
यति लामो यात्रा रहोस् कि मेरो जंघारै जंघारको
जिन्दगीलाई जसोतसो सहजै तार्ने कोसिसमा छु

(३)मेरै लागि भएनी एउटा मीठो गित गाइदेउ तिमी
किन हुन्छौ टाढा हर पल नजिक आइदेउ तिमी
सयौं जुनि सम्म होस् हाम्रो यो सम्बन्ध छुट्न हुन्न
त्यसैले अब पहिले नै साचो कसम खाइदेउ तिमी

(४)तिमीलाई दिने मेरो हातमा उपहार गुलाफको फुल हुनेछ
हाम्रो सम्बन्धलाई एउटै बनाउने जंघारमा पनि पुल हुनेछ
तिमी छौ र पो म पनि छु त ~ आज सम्म तिम्रै सामु प्रिय
अब देख्ने छन साराले त्यहाँ हाम्रो मायाको नि मुल हुनेछ

(५)अरु कोहिको दिलभित्र फुल्नु हुन्न तिमी
बिच बाटैमा कोहि सँग भुल्नु हुन्न तिमी
हामी सँगसँगै गरौंला यात्रा पनि प्रियसि
एक्लै तिमी त्यो साझमा डुल्नु हुन्न तिमी

लेखक: याम कुमार श्रेष्ठ खोटाङ